जलजलामा उद्योग व्यापार महासंघ

Gandaki Ghumau

बेनी । पर्वतको जलजला गाउँपालिकामा नेपाल उद्योग व्यापार महासंघको पालिका कमिटि गठन भएको छ ।

खेम केसीको अध्यक्षतामा गठन भएको कमिटिको उद्योग उपाध्यक्षमा भविश्वरा वि.क., वरिष्ठ उपाध्यक्षमा विष्णु जिसी, महासचिवमा जनक अधिकारी, कोषाध्यक्षमा रमेश परियार, सचिवमा गिता दर्जी र सहकोषाध्यक्षमा एन्जु सापकोटा रहनुभएको छ ।

Gunasthariya Shiksya

नारायण बरुवाल, रमला परियार, कृष्ण अधिकारी, कृष्ण आचार्य, बमबहादुर, टेक पुन, शिव प्रसाद आचार्य र मनकुमारी परियार सदस्यमा चयन हुनुभएको छ । खेम केसीको अध्यक्षता र नेकपा माओवादी केन्द्रका पर्वत जिल्ला ईञ्चार्ज नेत्र अधिकारीको प्रमुख आतिथ्यतामा पर्वत बेनीमा बिहिबार उद्यमी, ब्यवसायीहरुको भेला भएको थियो ।

Shreekrishna

भेलामा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्याल, जिल्ला संयोजक उमाकान्त भुर्तेल, नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय उपाध्यक्ष गोपी अधिकारी, गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, केन्द्रिय सदस्य गणेश लामिछाने, बागलुङ जिल्लाका अध्यक्ष मुकेश चन्द्र राजभण्डारी, जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, गण्डकी प्रदेश सदस्य लोकराज आचार्य, जलजला–७ का वडा अध्यक्ष टुंगनाथ आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...