म्याग्दी अदालतमा स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्न थालियो

Gandaki Kotihome

बेनी, जिल्ला अदालत म्याग्दीमा स्वचालित पेशी (अटोमेसन) प्रणाली लागू भएको छ ।

सर्वोच्च अदालतको रणनीतिक योजना अनुसार म्याग्दी अदालतले सफ्टवेयरको माध्यमबाट मुद्दाको पेशी तोक्ने अभ्यास थालेको हो । म्याग्दी जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितले अंग पुगेका मुद्दाहरुको स्वचालीत रुपमा पेशीको मिति निर्धारण हुन थालेपछि न्याय सम्पादनमा सहजता आएको बताउनुभयो ।

“यस अघि अदालतमा मुद्दा दर्ता भएपछि कर्मचारीले पक्ष र विपक्षको सहमतिमा तारेख र पेशी तोक्ने अभ्यास थियो,” उहाँले भन्नुभयो, ‘‘अटोमेसन प्रणाली लागू भएपछि मुद्दाको प्रकृति अनुसार सफ्टवेयरबाट पेशीको मिती तय हुन्छ ।”

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

अटोमेसन प्रणालीबाट मुद्दाको पेशी तोक्दा पक्ष र विपक्षका बिच हुने बादबिवादलाई अन्त्य गर्नुका साथै मुद्दाको प्रकृति र विषय अनुसार छुट्टाएर हेर्ने हुँदा ब्यवस्थाकीय हिसाबले पनि सहज भएको न्यायाधिश पण्डितले बताउनुभयो ।

न्यायपालिकाको रणनीतिक योजनाले सरल, सामान्य र विशेष गरेर मुद्दाको वर्गीकरण गरे अनुसार सफ्टवेयरमा प्रविष्ट गराउने गरिएको छ । पहुँचको भरमा आफु अनुकुल पेशीको समय तोक्ने समस्याको अत्त्य भइ सबै सेवाग्राहीलाई समान ब्यवहार हुन थालेको छ ।

बालबालिका सँग सम्बन्धित र १८ महिना काटेका मुद्दाको हकमा प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले सफ्टवेयरले पनि त्यही अनुसार पेशी चढाउने गरेको छ । प्रत्येक आइतबार बालबालिकासँग सम्बन्धित, ६ महिना भित्र टुङ्गाउने मुद्दालाई सोमबार र मङ्गलबार, एक वर्ष भित्र हेर्नुपर्ने मुद्दालाई बुधबार, एक वर्षदेखि डेढ वर्ष भित्रका मुद्दाहरू बिहीबार र शुक्रबार अदालतबाट फैसला भएका मुद्दाहरूको कार्यान्वयनका लागि तयारीका साथै आएका निवेदनहरू हेर्ने गरिएको श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी, अदालतको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष पाँच सय ९३ मुद्दा रहेकोमा चार सय ४८ वटा फर्छ्यौट भएर एक सय १० मुद्दा चालु वर्षमा जिम्मेवारी सरेका छन् । गत वर्ष पनि अघिल्लो वर्षका एक सय सय ३२ मुद्दा सरेर आएकोमा चार सय ६१ मुद्दा थपिएका थिए । तीन सय १७ सम्बन्ध विच्छेदका मुद्दा रहेकोमा गत वर्ष दुई सय ६७ थान मुद्दा फर्छ्यौट भएका छन् । अदालतमा धेरै जसो सम्बन्ध विच्छेदका मुद्दाहरू आउने श्रेस्तेदार रेग्मीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...