मंगलाको र्यालेखोर-खुम्लीया खानेपानी आयोजनाको उद्घाटन

Add Samajik bikash office

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण भएको छ ।

सौर्य उर्जाको प्रयोग गरेर ¥यालेखोर बस्ति मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरि वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सस्था, मंगला गाउँपालिका र उपभोक्ताहरुको साझेदारीमा सो आयोजना निर्माण भएको हो ।

आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवा संस्थाका प्राबिधिक गोर्खबहादुर शाहीले पहिराको मुहानबाट १०९ मिटर माथि तानिएको जानकारी दिनुभयो । प्रति सेकेण्ड २ लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुुवन मंगला माविमा निजी धारा मार्फत वितरण गरिएको हो ।

Shreekrishna hardwear in news

रु. ९२ लाख २४ हजार ९८७ को लगानीमा ¥यालेखोर,खुम्लीया र भाइवाङमा निर्माण भएको आयोजनाको शनिबार मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी र नेवा संस्थाका गण्डकी प्रदेश प्रमुख रमेश दाहाल लगायतको उपस्थिति रहेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले ¥यालेखोर र भाइवाङका १०० घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा ८ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । भाइवाङ बस्तिमा पधेराको मुहानको पानी वितरण गरिएको छ ।

Bhautik ministry notice about road

“यसअघि ४÷५ वटा घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,” आचार्यले भन्नुभयो “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।”

मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सिमित स्रोतले पनि सबैले सहज रुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताउनुभयो । घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्कि चाङ बनाइएको छ ।

नेवा संस्थाको रु. ३८ लाख ७१ लाख ३०७, मंगला गाउँपालिकाको रु. २७ लाख अनुदान र उपभोक्ताको रु. २२ लाख ७८ हजार ४६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताहरुले श्रमदानका अलावा थप रु. ३ लाख ७५ हजार २१२ नगद संकलन गरिएको थियो । स्थानीयबासी पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्जट र सास्ती हटेको बताउनुभयो । खानेपानीका साथै नुहाउन, कपडा धुन, गाइबस्तुलाई खुवाउन र सरसफाईका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको छ ।

नेवा संस्थाको सहयोगमा मंगला गाउँपालिकाको थप २ ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । खानीगाउँका ३७ घर, १ विद्यालय र हिदीका ६४ घरमा निजी धारा सहितको खानेपानी वितरण गरिएको प्राविधिक शाहीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...