म्याग्दी बालगृहका बालबालिकालाई ओजे फाउण्डेशनको न्यानो कपडा

Gandaki Pardesh notice

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)का अध्यक्ष ओमनारायण जुग्जाली संस्थापक रहेको परोपकारी संस्था ओजे फाउण्डेशनले बुधबार बेनीको म्याग्दी बालगृहका बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको छ ।

Bhautik ministry notice about road

नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थान ज्याकेट उपलब्ध गराएको हो । ओजे फाउण्डेशनका संस्थापक जुग्जालीले नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यको उपस्थितिमा बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

कपडाको साथै फाउण्डेशनले बालबालिकाहरुलाई कापी र पेन्सिल पनि सहयोग गरेको छ । सन्दिप खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा मोनाका महासचिव बिक्रम कार्की पनि उपस्थित हुनुहुन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...