मोना कतारका अध्यक्ष शर्मा सम्मानित

Sinchai Khanipani notice

बेनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले म्याग्दी नेपाली प्रवासी संघ –मोना) कतारका अध्यक्ष तिलु शर्मालाई सम्मान गरेको छ ।

रघुगंगा गाउँपालिका–२ भगवति घर भई रोजगारीको शिलशिलामा कतारमा रहनुभएका शर्मालाई त्यहाँका नेपालीहरुलाई कोरोनाको असर र प्रभाव न्युनिकरणमा योगदान गरेकाले कोभिड हिरोको अवार्डबाट सम्मान गरिएको एनआरएन कतारले जनाएको छ ।

कोभिड–१९ ले कतारमा रहेका नागरीकहरुमा पर्न गएको असरलाइ मध्य नजर गर्दै कतार सरकारबाट कोहि पनि नागरीकमा खाद्यान्न समस्या नहोस् भनेर प्रदान गरीएको राहत प्याकेज कार्यक्रम लाइ सफल बनाउन सहयोग गरेको भन्दै शर्मालाई एनआरएनए मध्यपुर्व तथा कतारले अवार्ड प्रदान गरेको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कोभिड–१९ का कारण रोजगारी गुमाएर अलपत्र परेका नागरीकहरुलाई राहत वितरणको प्याकेज कतार सरकारले ल्याएको थियो । सोहि प्याकेज कतार च्यारीटी मार्फत एनआरएनए कतारलाई नेपाली समुदायमा वितरण गर्ने जिम्मेवारी प्रदान गरीएको थियो ।

च्यारीटी कतार मार्फत प्राप्त कतार सरकारको राहत वितरणको जिम्मेवारीलाई सफल बनाउन एनआरएनए कतारले उपाध्यक्ष उत्तम गुरुङको संयोजकत्वमा राहत वितरण समिति बनाएको थियो । सोही समिति मार्फत मोना कतारको तर्फ देखि उपस्थित भएर राहत वितरण कार्यक्रमलाई सफल बनाएको भन्दै शर्मालाई कोभिड–१९ हिरो अवाड मार्फत सम्मान गरीएको हो ।
शर्मा सहित राहत वितरण कार्यक्रम सफल बनाउन लागी परेका अन्य व्यक्तिहरु लाई पनि सम्मान गरीएको एनआरएनए कतारले जनाएको छ । अवार्डद्धारा सम्मानित शर्मा मोना कतारका अध्यक्ष हुनुहुन्छ । उहाँले कतारमा गएर अपत्र परेका नेपाली तथा म्याग्देलीहरुको उद्धार कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...