ठाडाखानीमा इन्टरेनेट सुविधा विस्तार

Gandaki Ghumau

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका टेकजित छन्त्याल विदेशमा रहेका आफन्त देखि छिमेकीहरुलाई भिडियो कलबाट सूचना आदानप्रदान र कुराकानी गर्न थाल्नुभएको छ ।

सोही गाउँका दलमान छन्त्यालले पनि एनड्रोइड फोन र इन्टरनेटको सुविधा भएपछि सूचना आदानप्रदानको परम्परागत शैली परिवर्तन गर्नुभएको छ । “गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो,” उहाँले भन्नुभयो भन्नुभयो “अहिले फेसबुकको ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ ।”

इन्टरनेट भएपछि सस्तो र सजिलो रुपमा देश विदेशमा रहेका आफन्त, साथीभाईसँग कुराकानी र सूचना आदानप्रदान गर्न पाएको टेकजितले बताउनुभयो । “हामी सानो हुदाँ विदेशबाट म घर आउदैछु भनेर चिठी पठाउने व्यक्ति एक महिनामा चिठी भन्दा पहिले घर आइपुग्ने अवस्था थियो,” उहाँले भन्नुभयो “अहिले विश्वको जुनकुनै ठाउँमा भएकालाई पनि भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ ।”

Shreekrishna
Gunasthariya Shiksya

ठाडाखानीका बासिन्दाले सामुहिक रुपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सुचना आदानप्रदानको शैली फेरिएको हो । गाउँपालिकाको रु. ६ लाख ५० हजार अनुदान र स्थानीयबासीले जुटाएको रु. १२ लाख ५० हजार रकमबाट अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको ठाडाखानीका ६५ घरमा इन्टरनेट जडान गरिएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

“ठाडाखानी सहित कमनाथ, कालावाङ, कोटगाउँ, पाखापानी, औला, फुलडाडा बस्तिका सबै घरमा सामुहिक रुपमा इन्टरनेट जडान भएको छ,” उहाँले भन्नुभयो “अर्मपर्म, भेला, बैठक देखि बिवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौ ।”

विकास निर्माण र सामाजिक कामको लागि सुझाव संकलन गर्न तथा भएका गतिबिधिको प्रचारप्रसार गर्न फेसबुक पेजको प्रयोग गरिएको छ । समाचारका लागि सञ्चार माध्यममको अनलाइन, फेज र युट्युव च्यानलबाट समाचार सुन्ने, हेर्ने र पढ्ने गर्दछन् । युट्युवमा आफूलाई मन पर्ने गित, चलचित्र हेरेर जेष्ठ नागरिकले रमाइलो गर्दछन् ।

रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा बिनियोजन गरेको रु. ६ लाख ५० हजार बजेटबाट पाखापानी, कमनाथ, रायखोर, औला, कालावाङ, फुलडाडा क्षेत्रमा इन्टरनेट विस्तार भएको थियो । ५०० घरधुरीको बसोबास रहेको पाखापानी वडाको रायखोर, मुलपानी र उल्लेरीका ९० घरधुरी बाहेक सबैमा इन्टरनेट जडान भएको छ । आगामी वर्ष रायखोर क्षेत्रमा इन्टरनेट विस्तार गर्न हिउँदे गाउँसभाबाट बजेट व्यवस्था गर्ने वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...