मुस्ताङमा सडक मार्ग भएर एक वर्षमा ४ लाख २७ हजार पर्यटक भित्रिए

Gandaki Ghumau

जोमसोम, मुस्ताङका पर्यटकीय स्थल घुम्नका लागि एक वर्षको अवधिमा ४ लाख २७ हजार जना पर्यटक आएका छन् ।

मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरि आर्थिक वर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार ५०४ जना बढी संख्यामा पर्यटक आएका हुन् । घासा प्रहरी चौकीले स्थल मार्ग भएर मुस्ताङ भित्रने सवारी साधन र पर्यटक तथ्याङ्क तथा विवरण राख्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले २०८० साउन देखि २०८१ असार महिना सम्म ७४ हजार ३७४ वटा सवारी साधन मार्फत ४ लाख २७ हजार २७१ जना पर्यटक भित्रिएका जानकारी दिनुभयो ।

Shreekrishna

३ लाख १८ हजार ८१४ जना आन्तरिक, ९९ हजार २७६ जना सार्क राष्ट्रका र ९ हजार १७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७९÷८० मा ६२ हजार ३४० वटा सवारी साधन मार्फत ३ लाख ७९ हजार ७६७ जना पर्यटक मुस्ताङ आएका थिए । जस मध्य आन्तरिक पर्यटक ३ लाख ३ हजार ८०० जना र विदेशी ७५ हजार ९६७ जना रहेका थिए ।

Gunasthariya Shiksya

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमहरुले संसारका उत्कृष्ट दश गन्तब्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

मुस्ताङ भित्र्ने विदेशी पर्यटकको ठूलो संख्या भारतीयको छ । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जिवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थल रहेका छन् ।

म्याग्दी हुँदै सडक मार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हुदै पैदल मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । सार्क मुलुक बाहिरका पर्यटकको संख्या भने घट्दै जानु चुनौति रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...