अर्जेखोलामा ७ महिनामै तयार भयो मोटरेबल पुल

Gandaki Ghumau

बेनी, म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल ७ महिनामै तयार भएको छ ।

बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि वि.स. २०८० असोज २९ गते प्रमान÷सारस जेभी पोखराले ठेक्का सम्झौता गरेको थियो ।

रु. ३ करोड ४१ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम थालेको ७ महिनामै पुल तयार पारेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।
“सवारी साधन वारपार गर्न थालेको पुलको पहुँचमार्गलाई फिनिसिङ गर्ने बाहेक सबै काम सकिएको छ,” उहाँले भन्नुभयो “२०८१ चैत २६ गतेसम्म म्याद रहेको पुलको ९० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।”

Shreekrishna

सम्झौता लगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको, कार्यालयबाट नियमित अनुगमन, सहजिकरण, जनप्रतिनीधि र उपभोक्ताहरुको सहयोगले लक्ष्य अघिनै पुल निर्माण गर्न सम्भव भएको निर्माण कम्पनीका प्रतिनिधीले बताएका छन् ।

Gunasthariya Shiksya

बेनी नगरपालिका –४ का राजु गुरुङले निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालय, जनप्रतिनिधी र समुदायले काम गर्ने वातावरण बनाउन सकेमा विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश अर्जेखोलाको मोटरेबल पुल निर्माण योजनाले दिएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु. १ करोड ५० लाख बिनियोजन भएको अर्जेखोला पुलका लागि आर्थिक वर्षको भुक्तानी हुने अन्तिम समयसम्म रकमान्तर गरेर थप बजेट ब्यवस्था गर्न पहल गरेपनि सफल नहुँदा निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।

आगामी आर्थिक वर्षको शुरुमै भुक्तानी दिने र पुल हस्तान्तरण गरी ठेक्का टुङ्गाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । यसअघिका दुई वर्ष आर्थिक वर्षमा वार्षिक योजनामा समावेश भएपनि अर्जेखोलाको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा निर्माण शुरु भएको थिएन् ।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले २०८० जेठमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै बजेटको स्रोत सुनिश्चिता, क्रमागत र बहुबर्षे योजनामा समावेश गरेपछि योजनामा परेको ३ वर्षपछि ठेक्का प्रक्रीया अघि बढेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा रु. पचास÷पचास लाख बिनियोजन भएको थियो । मंगला गाउँपालिका–३ का वडा अध्यक्ष याम रोकाले अर्जेखोलामा पुल बनेपछि बर्खा याममा बाढी आउँदा जोखिम मोलेर सवारी साधन तार्नुपर्ने अवस्था हटेको र आवत जावत सहज तथा सुरक्षित भएको बताउनुभयो । बेनी–बरंजा सडक अन्र्तगत पर्ने यो पुलबाट बेनी नगरपालिकाको ४, मंगालको ३, ४, ५ नम्बर वडाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...