बेगका युवा समाज सुधारको अभियानमा (फोटो फिचर )

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका युवाहरु समाज सुधारको अभियानमा जुटेका छन् ।

बेरोजगार युवाहरुलाई संगठित गरि कुलत र बिकृतिबाट टाढा राख्दै विकास, आयआर्जन र सामाजिक क्रियाकलाममा संलग्न भएका हुन् । कोरोना (भाइरस)को महामारीसँगै सहर र विदेशबाट गाउँ फर्किएका युवाहरुले बेगखोला युवा जागरण अभियान सञ्चालन गरेका हुन् ।

अभियानका अगुवा सुर्य गर्बुजाले वडाका सबै टोलका युवाहरुलाई समूहमा आवद्ध गराएर विकास निर्माण, विकृति न्युनिकरण र सामाजिक सुधारका काममा परिचालन गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“लकडाउन र कोरोनाको जोखिमका कारण गाउँमा आएका युवाहरुलाई संगठित गरेर अभियान चलाएका हौ,” उहाँले भन्नुभयो “युवाहरुलाई बिकृतिबाट टाढा राख्दै विकास योजनामा परिचालन र आयआर्जनमा जोड्ने उद्देश्य हो ।”

नबिन गर्बुजा अध्यक्ष रहेको अभियान अन्तरगत बेगको सबै (९ वटा) बस्तिमा एक÷एक वटा समूह बनाइएको छ । समूहमा आवद्ध युवाहरुलाई मदिरा, सुर्तिजन्य पदार्थ र लागुऔषध प्रयोग गर्न नपाउने नियम बनाएका छन् । त्यसैगरी तास, क्यारेमबोर्ड, लुडो जस्ता जुवा जन्य प्रकृतिका खेल खेल्न र खेलाउन रोक लगाएका छन् ।

१८ वर्ष मुनीकालाई चुरोट खान र किन्न रोक लगाएका उनिहरुले तिहार लगत्तै लागू हुने गरि आयातित मदिरा बिक्री बितरणमा प्रतिबन्ध लगाएका छन् । विकृतिजन्य काम नियन्त्रण गर्ने जिम्मेवारी पाएपछि उनिहरु त्यस्ता गतिबिधिमा संलग्न हुन छाडेका छन् ।

Bhautik ministry notice about road

आमा समूह, युवा क्लव र वडाका जनप्रतिनिधिहरु समेतको भेला गराएर विकृति न्युनीकरण, कोरोना भाइरस नियन्त्रण र विकास योजनालाई प्रभावकारी बनाउने बिषयमा प्रशिक्षण दिएका थिए ।

युवाहरुको जागरण अभियानपछि कुटपिट, झैझगडा र घरेलु हिंसाका घटनामा कमि आई शान्ति कायम गर्न र विकास आयोजना कार्यान्वयनमा सहज भएको बेगका वडा अध्यक्ष बिलप्रसाद फगामीले बताउनुभयो ।

२०७७ भदौ १५ गतेबाट सुरु भएको अभियानले हरेक महिना एक वटा सामाजिक काम गर्ने र सदस्यहरुबाट मासिक रु. १००का दरले बचत गर्ने नियम बनाएको छ । उनिहरुले गाउँका सडक, पदमार्ग मर्मत, जोखिमयुक्त बिद्युतको तार ब्यवस्थापन, बजार अनुगमन र सोबाङ धुरीको पर्यटन प्रर्वद्धनका लागि पैदलयात्रा गरेका छन् ।

बिद्युतको तारलाई जोखिम बनाएको रुखका हाँगा काटेपछि नियमित बिद्युत आपुर्ति हुनुका साथै दुर्घटनाको जोखिम घटेको छ । बिद्युत लाइनलाई जोखिम बनाएका रुखकका हाँगा र रुख ब्यवस्थापन गर्न करिब ९० जनाले श्रमदान गरेका थिए । दशै अघि गाउँका पसलमा प्रहरी र जनप्रतिनिधिको टोली सहित बजार अनुगमन गरेर म्याद नाघेका बस्तु पहिचान गरि डिलरलाई फिर्ता गराउन लगाएका थिए ।

अभियानले बेगका प्रताप सिंजालीको रहस्यमय मृत्युको अनुसन्धानमा प्रहरी र बेगमा परेको अस्पताल भवन अन्यत्र स्थानान्तरण नगराउन गाउँपालिकामा दवाव दिन अगुवाइ गरेका छन् । तिहार लगत्तै वडामा सञ्चालन हुने सडक, खानेपानी, भवन लगायत विकास आयोजना निर्माणको काममा पनि युवाहरुलाई परिचालन गरेर रोजगारी सिर्जना गराउने अभियानका अगुवा गर्बुजाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...