झिँमा वडा कार्यालय भवन निर्माण

Shreekrishna hardware

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ मा वडा कार्यालय भवन निर्माण भएको छ ।

रघुगंगा गाउँपालिकाले रु. १ करोड २१ लाखको लागतमा २ तले सभाहल सहितको भवन निर्माण गरेको हो ।

गत वर्ष रु. ५० लाख लागतमा उपभोक्ता समिति मार्फत ५ कोठे भवनको पहिलो तला ढलान भएको भवनलाई यसपाली तला थपेर निर्माण कार्यलाई पूर्णता दिइएको वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिनुभयो ।

Shreekrishna

हाल भाडाको घरमा रहेको वडा कार्यालय केही दिनमै नयाँ भवनमा सारेर सेवा सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सदस्य, सचिव, प्राविधिक र सहायता कक्ष रहेको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुने र भाडाका लागि भैरहेको खर्च बचत हुने बताइएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

रु. ७१ लाख ६६ हजार ४१५ मा गत चैत महिनामा ठेक्का सम्झौता गरेको शंकर निर्माण सेवाले १२० जना क्षमताको सभाहल, रंगरोगन, विद्युत, पानी, फर्निचर लगायतका काम गरेर भवन निर्माण कार्यलाई पूर्णता दिएको गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख कमल चोखालले बताउनुभयो ।

वडा कार्यालय भवन निर्माणका लागि रु. ५९ लाख खर्चेर ४ रोपनी जग्गा खरिद गरिएको थियो । भवन परिसरमा घेराबार सहितका पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष २०८१÷०८२ मा रु. २७ लाख बिनियोजन भएको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।

आठ वटा वडा रहेको रघुगंगा गाउँपालिकाले यसअघि मौवाफाँटमा प्रशासकीय, पाखापानीमा ६ नं. र भगवतिमा २ नं. वडा कार्यालय भवन निर्माण गरेको थियो । वडा नं. ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ ।

वडा नं. १ बेगखोला, वडा नं. ३ पिप्ले, वडा नं. ४ दग्नाम र वडा नं. ८ कुइनेमंगलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक र विद्यालय भवनमा राखिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...