बेनीको बहुउद्देस्शीय मैदानमा पार्किङ स्थल

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा पार्किङ स्थल तयार भएको छ । पन्ध्र वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले पार्किङ स्थल बनाएको गरेको हो ।

प्रयोगबिहिन अवस्थामा रहेको मैदानलाई मर्मत, घेराबार र पूर्बाधार तयार गरेर पार्किङ स्थल बनाइएको बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, बेनी–बागलुङ लगायत म्याग्दीको पश्चिमी क्षेत्रमा चल्ने बस, जिप र ट्याक्सी पार्किङका लागि स्थान बनाइएको हो ।

पो पार्किङ स्थल सञ्चालन भएपछि सडकमै यात्रुबाहक सवारी साधन पार्किङ गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ । हाल बेनी नगरपालिका, हाडेभिर, बेनी सामुदायिक मावी र बजारका सडकमा अब्यवस्थित रुपमा पार्किङ गरिदा दुर्घटनाको जोखिम छ । ट्राफिक ब्यवस्थापनमा समस्या भएको छ ।

Shreekrishna hardwear in news

सबै पुर्बाधार तयार भएको पार्किङ स्थल मंसिर ५ गतेदेखि सञ्चालन गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । “मैदानलाई ग्राबेल गरेर सम्माउनुका साथै, खानेपानी, सार्वजनिक शौचालय, दुई ठाउँमा सिसीटिभी क्यामेरा जडान र बक्ति जडान भएको छ,” उहाँले भन्नुभयो “यातायात ब्यवसायीका टिकट काउन्टरलाई सारेर त्यहीबाट गाडी छुटाउछौ ।”

Bhautik ministry notice about road

मैदानको डिलतर्फ नगरपालिकाले १४ लाख रुपैयाँ खर्चेर पर्खाल र तारजाली लगाएको छ । यस वर्ष पार्किङ स्थलको पुर्बाधार बनाउन थप पाँच लाख पचास हजार रुपैयाँ खर्च भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने मैदानमा म्याग्दी र कालीगण्डकीको दोभानबाट ग्राभेल ल्याएर हालिएको छ ।

बि.स.२०६२ मा उद्योग बाणिज्य संघको अगुवाइमा म्याग्दी नदी किनारको पाखो र बगरलाई सम्माएर मैदान बनाएका थिए । करिब दुई सय मिटर लम्बाई र पचास मिटर चौडाई भएको मैदानमा १०० वटा सवारी साधन पार्किङ गर्न सकिने यातायात ब्यवसायीले बताएका छन् ।

प्रहरी नायव उपरिक्षक किरणजंङ्ग कुँवरले पार्किङ स्थल सञ्चालनमा आएपछि बजारभित्रको ट्राफिक ब्यवस्थापन र आवत जावत सहज हुने बताउनुभयो । नगरपालिका र प्रहरी कार्यालयले सहकार्य गरेर बेनी बजारमा गत भदौ महिनादेखि लागू गरिएको एकतर्फी पाकिङ प्रभावकारी बनेको छ ।
साँघुरो सडक भएको बेनी बजारमा हुने जाम हटाउन कालीगण्डकी नदी किनारमा बनाइएको बाहिरी सडकबाट मालबाहक सवारी साधन आवत जावत गराउन थालिएको छ । पार्किङ स्थलको सुरक्षाका साथै बजारभित्रै र बजार भन्दा बाहिरबाट सामान बोक्ने अनुमति पाएका निजी सवारी साधनले क्षमता भन्दा बढी संख्यामा यात्रु बोक्ने समस्या पनि नियन्त्रण गर्नुपर्ने म्याग्दी यातायात प्रा.लीका अध्यक्ष लालबहादुर थापाले बताउनुभयो ।

मैदानभित्र कृषि हातबजार सञ्चालनका लागि पचास लाख रुपैयाँ भन्दा बढी खर्च गरेर बनाइएको टहरा लगायतका संरचना पनि प्रयोग बिहिन छन् । कृषि ज्ञान केन्द्र र भेटेरिनरि अस्पतालसँग समन्वय गरेर ती संरचना प्रयोगमा ल्याउन पहल गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...