जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

khali

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।

गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट एकवटा छनौंट गरी ९ वटा टोलविकास संस्था र दश जना वडा विकास सहजकर्ताहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

वडा नम्बर ३ को आदर्श नगर टोल विकास संस्थालाई उत्कृष्ट कार्यक्षमता आधारमा सर्वोत्कृष्ट संस्था छनौंट गरी संस्थाका अध्यक्ष सरिता उपाध्यायलाई नगद दश हजार रुपियाँ र सम्मानपत्र प्रदान गरिएको छ । साथै वडा नम्बर ४ का वडा विकास सहजकर्ता भगवती शर्मा पनि सर्वोत्कृष्ट वडा विकास सहजकर्ताका रुपमा सम्मानित हुनुभएको छ ।

Shreekrishna hardwear in news

गाउँपालिका भित्र गठन भएका टोल विकास संस्थाहरुले वडाको विकासका लागि पु¥याएको योगदान, क्रियाशिलता, सामाजिक एवम् मानविय विकासमा खेलेको भूमिका लगायतका २७ वटा सुचकहरुका आधारमा मुल्याङ्कन गरी उत्कृष्ट छनौंट गरी सम्मान गरिएको सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले बताउनुभयो । उहाँका अनुसार २९ वटा सुचकहरुका आधारमा वडा विकास सहजकर्ताहरुको मुल्याङ्कन गरी सर्वोत्कृष्ट वडा विकास सहजकर्ता छनौंट गरिएको थियो ।

वडा नम्बर १ को प्रगतिशिल टोलविकास संस्था, २ को विमिराबोट टोलविकास संस्था, ३ को आदर्श नगर टोल विकास संस्था, ४ को भुमेथान टोल विकास संस्था, ५ को कुवापानी टोल विकास संस्था, ६ को जलजला तारे टोलविकास संस्था, ७ को बास्कोट देउराली टोलविकास संस्था, ८ को मझुवा शुक्लेश्वर टोल विकास संस्था र ९ को गाम टोल विकास संस्था सम्मानित भएका हुन ।

khali

यसैगरी वडा विकास सहजकर्ताहरु वडा नम्बर १ रेनु दर्जी, २ सन्तु पौडेल शर्मा, ३ सरिता खत्री, ४ भगवती शर्मा, ५ पवित्रा खत्री, ६ गिता दर्जी, ७ टिकाबल्लभ आचार्य र योगेन्द्र उपाध्याय पौडेल, ८ सुजता रेग्मी र ९ का मिना फकामी पुनलाई सम्मान गरिएको छ ।

सम्मानित हुने टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
सम्मानले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुको कार्यक्षमता वृद्धि, हौसला प्रदान र कामप्रति उत्प्रेरित गर्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । टोल विकास संस्थाहरुको क्रियाशिलता र लगनशिलताका कारण वडाको विकासमा टेवा पुगेको अध्यक्ष आचार्यको भनाई थियो ।

‘‘गाउँपालिकाका हरेक विकास गतिविधिहरुमा टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा टोलविकास संस्थाहरुलाई अझै प्रभावकारी रुपमा परिचालन गरेर मानविय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल बनाउँदै लैजाने पालिकाको योजना छ ।’’ गाउँपालिकाका सवै टोलविकास संस्थाहरुले करिब ५८ लाख रुपियाँ बचत जम्मा गरी परिचालन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले वडा विकास सहजकर्ता र टोल विकास संस्थाहरु मार्फत स्थानीय सरकार जनताको घरघर सम्म पुगेको बताउनुभयो । प्रत्येक टोलहरुमा गठन भएका संस्थाहरुले उदाहरणीय कार्य गरेको उहाँको भनाई थियो ।

सम्पूर्ण वडाध्यक्षहरुका तर्फबाट मन्तब्य राख्दै वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुले वडाका हरेक गतिविधिहरुमा सहयोगी भूमिका खेलेको बताउनुभएको थियो । उहाँले आगामी दिनमा अझै प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी, वडा विकास सहजकर्ता, टोल विकास संस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यको संचालन प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र पालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...