वन कार्यालयद्धारा टिम्मुरको बिरुवा वितरण

Gandaki Ghumau

बेनी । मसला र जडिवुटीको रुपमा प्रयोग हुने टिम्मुर खेती विस्तार गर्न म्याग्दीमा निशूल्क विरुवा वितरण गर्न थालेको छ ।

डिभिजन वन कार्यालय म्याग्दीले मसलेदार फल टिम्मुरको खेती विस्तार गर्न निशूल्क रुपमा बिरुवा वितरण गरेको हो । कार्यालयका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले विदेशी बजारमा समेत निकासी हुने टिम्मुरको खेती विस्तार गरि आयआर्जन सुधारमा जोड दिएको बताउनुभयो ।

“उच्च ब्यवसायिक सम्भावना भएका टिम्मुरलाई खाली पाखो, जंगल, खोल्सामा टिम्मुरलाई आम्दानीको स्रोत बनाउन जोड दिएका छौ,” उहाँले भन्नुभयो “यस वर्ष म्याग्दीमा २० हजार टिम्मुरका बिरुवा निशूल्क वितरण गर्दैछौ ।”

Shreekrishna
Gunasthariya Shiksya

बिहिबारदेखि कार्यालय परिसरबाट कृषक, उद्यमी, सामुदायिक वन उपभोत्ता समूहहरुलाई टिम्मुरको बिरुवा वितरण गर्न थालिएको छ । विरुवा उत्पादन तथा खेती विस्तार र पकेट क्षेत्रमा जडिवुटी खेती विस्तार कार्यक्रमको बजेट मार्फत टिम्मुरका साथै सतुवा, अगरउल्ड, ओखर, लौठ सल्ला प्रजातिका जडिवुटीको बिरुवा वितरण शुरु गरेको सापकोटाले बताउनुभयो ।

बिरुवा खरिदका लागि कार्यालयलाई चालु आर्थिक वर्षमा रु. २१ लाख बजेट प्राप्त भएको थियो । स्थानीय नर्सरीमा उत्पादन भएको बिरुवालाई प्राथमिकता दिएको र अपुग भएका बिरुवा बाहिरबाट ल्याइएको सापकोटाले बताउनुभयो । १३ हजार ७०० सतुवा, ५०० अगरउल्ड, ३०० ओखर र ३०० लौठ सल्लाका बिरुवा वितरण गर्न लागेको वन डिभिजन कार्यालयले जनाएको छ ।
म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिम्मुर खेती भएको डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत सापकोटाका अनुसार हाल वार्षिक करिब ६ मेट्रिक्टनको हाराहारीमा टिम्मुर उत्पादन हुन्छ ।

मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिम्मुर बेनी, पोखरा, काठमाडौ, नारायणघाट लगायत बजारका साथै तिब्बत, जापान, बेल्जियम र कोरीयामा निकासी हुन्छ । टिम्मुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । रमरम गर्ने स्वाद पाइने, शरिर न्यानो बनाउने र वास्नादार टिम्मुर गुणस्तर अनुसार प्रतिकिलो दुई हजार पाँच सय देखि चार हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...