भकिम्लीको ‘अर्गानिक’ आलु

Gandaki Kotihome

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले सामुहिक रुपमा जैविक बिधीबाट आलु खेती गरेका छन् । भुकभुके, भकिम्ली र मुुुसुङका कृषकले करिब ५०० रोपनी जमिनमा सामुहिक आलु खेती गरेका हुन् ।

कृषक समेत रहेका बेनपा–३ का वडा सदस्य रत्न जिसीले भुकभुके कृषि, पशुपंक्षी तथा जडिवुटी, मुसुङको स्वर्गाश्रम, डोलेखानी र भकिम्लीको बेलढुंगा कृषक समूहमा आवद्ध १०० भन्दा बढी घरधुरीले फरक फरक ठाउँमा आलु खेती गरेका जानकारी दिनुभयो । सबै समूहले रु. ६० लाख मूल्य बराबरको २ लाख किलोग्राम आलु फलाएका अनुमान गरिएको छ ।

‘परम्परागत रुपमा हुदै आएको आलुखेतीलाई ब्यवसायिक बनाउने प्रयासमा छौ,’ उहाँले भन्नुभयो ‘यहाँको आलु विउका लागि गुणस्तरीय र उपभोगका लागि स्वादिष्ट हुने भएकाले राम्रो बजार पाएको छ ।’ रासायनिक विषादी र मलको विकल्पमा जैविक मल प्रयोग गरिएको जिसीले बताउनुभयो ।

Upper Myagdi transmition line notice

भुकभुकेको कृषक समुहले छिमेकी गाउँ ठोट्नरीमा बर्षौ देखि बाँझिएको १८ रोपनी जग्गालाई खनजोत गरि आलु खेती गरेका छन् । माघ महिनामा लगाएको आलु आइतबारदेखि खन्न थालेका छन् । कृषकलाई बर्खे भरि छलेर आलु भित्र्याउने चटारो छ । अर्म, पर्म गरेर आलु भित्र्याउने चलनलाई निरन्तरता दिएको कृषक चन्दा पुनले बताउनुभयो ।

बेलढुङ्गा कृषि फार्मका उपाध्यक्ष केरसिंह पुनले भकिम्लीको आलुलाई ब्राण्डीङ गर्न बोरामा प्याकिङ र ट्यागीङ गरेर बजार पठाएको बताउनुभयो । ‘चिसो हावापानी र मौसममा प्राङगारिक मल तथा जैविक विषादीको प्रयोगबाट उत्पादन भएको स्वादिष्ट आलुलाई ब्राडिङ गरेका छौ,’ उहाँले भन्नुभयो ‘आकार अनुसार आलुको मूल्य तोकिएको छ । सानोलाई प्रतिकेजी ३५, मध्यमलाई ४० र ठूलोलाई ५० रुपैयाँ प्रतिकेजी मूल्य कायम गरिएको छ ।’

यस वर्ष खडेरीका कारण आलुको उत्पादकत्व घटेको छ । गत वर्ष ४ हजार किलोग्राम आलु फलेको जमिनमा यसपाली २ हजार ५ सय किलोग्राम फलेको भुकभुकेका कृषक सोमबहादुर जिसीले बताउनुभयो । ‘क्षेत्रफल बढाएकाले समग्रमा आलु उत्पादन गत वर्षकै हाराहारीमा भयो,’ उनले भने ‘दाना सानो लागेको र कम फलेको छ ।’

समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत म्याग्दीमा एक सय २५ हेक्टर क्षेत्रफलमा खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।

Annapurna aarohan ko notice

आलु कार्यक्रमका लागि कम्तीमा १० घरधुरी संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा कृषक समूह र सहकारीमार्फत आलुखेती गरिएको छ । स्थानीय बीउ प्रयोग गरेर आलुखेती विस्तार र उपभोगका लागि बिक्री वितरण गर्ने चक्र चलाउने खायन आलु उत्पादन कार्यक्रमको उद्देश्य रहेको कार्यालय प्रमुख बास्तोलाले बताउनुभयो ।

म्याग्दीको आलु काठमाडौ, पोखरा, चितवन, पर्वत, बागलुङको बजारमा निकासी हुने गरेको छ । किसानले घरमा आएका पाहुनालाई आलु खुवाउनेदेखि कोसेली पठाउने गर्छन् । खाद्यान्नबाली कम फल्ने भएकाले आलुको बिक्रीबाट आएको पैसाले खाद्यान्न खरिद गरेर गर्जो टार्नाका साथै बँचेको पैसाले घरखर्च पनि चलाउने गरेका छन् ।

कृषकलाई जैविक प्रविधिबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्न बेनी नगरपालिकाले भुकभुकेमा स्वर्गाश्रम कृषक समूह मार्फत आलु खेतीमा १८ हप्तासम्म सञ्चालन गरेको एकिकृत शक्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला आइतबार सकिएको छ ।

कुन जिब मित्र र शुत्र हो भन्ने पहिचान नगरी जथाभावी बिषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शुत्र जिबलाई जैबिक बिषादीबाट नष्ट गर्ने ज्ञान, सिप पाठशालाबाट पाएको समूहका अध्यक्ष पूर्णमाया जिसीले बताउनुभयो ।

बेनी नगरपालिकाले आलु लगायतका कृषि उपज भण्डारण गरेर बेमौसममा बिक्री गर्नका लागि सिंगामा ३० हजार किलोग्राम क्षमताको चिस्यानगृह बनाएको छ । चिस्यान गृहमा हाल केही कृषकले विउ आलु भण्डारण गरेका र विउका लागि थप आलु पनि भण्डारण गर्न सकिने बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बताउनुभयो ।

म्याग्दीमा एक हजार ६५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा गत वर्ष २५ हजार ४१० मेट्रिक्टन उत्पादन भएको थियो । स्थानीय सेतो, रातो जातको आलु, निलो, कुफ्रिज्योती, कार्डिनल र एमएस ४२ जातको आलु खेती हुने गरेको छ ।

अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरीको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन । जिल्लावाट वार्षिक रु. ६ करोड भन्दा बढी मूल्यको आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...