उपल्लो मुस्ताङमा हिमपात सुरु

Sinchai Khanipani notice

बेनी ः मुस्ताङका विभिन्न ठाउँमा सोमबार हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजिबन प्रभाबित भएको छ । यो वर्षको पहिलो पटक हिउँ परेको हो ।

मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अधिकांश भू–भागमा हिउँ परेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपािलकामा पर्ने मुक्तिनाथ असपासका क्षेत्रमा पनि हिमपात भएको स्थानीयबासीले बताएका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, लोमान्थाङ, चराङ, मराङ लगायत बस्तीमा हिमपात भएको जानकारी दिनुभयो । केही दिनयता बढेको चिसोले धाराको पानी जम्न थालेको थियो । आजको हिउँले चिसो बढेर जनजिबनलाई प्रभाबित बनाएको छ ।

Shreekrishna hardwear in news

हिमपातसँगै खोला, पधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनल २० डिग्रीमा झरेको छ । सडकमा सवारी साधन आवत जावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चड लगायत पशुचौपायालाई गोठमै बाधेर राख्न थालेका छन् ।

Bhautik ministry notice about road

बिगतका बर्षमा उपल्लो मुस्ताङका बासिन्दाहरु चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौ, चितवन, रुपन्देही, बागलुङ, पर्वत लगायतका जिल्लामा घुम्ती ब्यापारका लागि आउँथे । यसपाली कोरोना महामारीको जोखिमका कारण स्थानीयबासी जाडो छल्न बेशी झरेका छैनन् ।

मुस्ताङ सदरमुकाम जोमसोम आसपासका डाँडाहरुमा पनि हिउँ परेर सेताम्मे भएको छ । यसैगरी म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा पर्ने गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीमा पनि चिसो बढेपछि जनजिवन कष्टकर भएको छ ।

गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले गाउँ नजिकैका डाँडाहरु हिउले सेताम्मे भएको, चिसो बढेको र सर्बसाधारणले घरभित्रै बसेर तिहार मनाएका जानकारी दिनुभयो । चिसो बढेपछि म्याग्दीका कृषकरुले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेशी झार्न थालेका छन् ।

बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैसी, चौरी, भेडा, बाख्राको गोठ चिसो बढेसँगै गाउँ बस्ती आसपासका जंगल र पाखामा झारेका छन् । चिसो बढेपनि पानी परेको छैन् । आकाशमा बदली भएकाले चिसो बढेको हो । गहुँ, जौ, तोरी, आलु लगायत हिउँदे बालीको सिचाइका लागि बर्षात आवश्यक परेको कृषकहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...