कोरोनाले तिहारलाई सुनसान बनायो

Gandaki Pardesh notice

बेनी । हिन्दु धर्मावलम्बी नेपालीहरुले महत्वका साथ मनाउने तिहारलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोरोना) भाइरसले सुनसान बनाएको छ ।

म्याग्दीका बजार र ग्रामिण क्षेत्रमा बिगतका वर्षमा जस्तो तिहारको रौनक छैन् । कोरोना महामारीको जोखिमका कारण तिहार सुनसान भएको हो । मालिका गाउँपालिका–४ फुलबारीका रामु गौतमले देउसीभैलो नखेलिएकाले तिहार सुनसान भएको बताउनुभयो ।

“यसपालीको तिहार नुन नहालेको तरकारी जस्तो भयो,” उहाँले भन्नुभयो “घरमै सिमित भएर चाडपर्व मनाउनुपर्ने अवस्थाका कारण खल्लो महशुस भएको छ ।” कोरोना फैलिन नदिनका लागि प्रशासन र स्थानीय तहले देउसीभैलो खेल्न रोक लगाएका छन् । विगतका वर्षमा तिहार सुरु भएदेखिनै बजार र गाउँका टोल टोलमा देउसीभैलो रौनक छाउथ्यो ।

Shreekrishna hardwear in news

बेनी बजारका बिनय श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत युट्युवमा देउसीभैलोको गितको म्युजिक भिडियो हेरेर तिहार आएको आभास गरेको अनुभव व्यक्त गर्नुभएको छ।

Bhautik ministry notice about road

जलजला गाउँपालिका–४ फट्केढुङ्गाकी जमुना मल्लले कोरोना भाइरसको महामारी फैलिन नदिन देउसीभैलो नखेलिएको बताउनुभयो । “यसपालीको दशै तिहारमा पिङ्ग पनि हालीएन,” उहाँले भन्नुभयो “देउसीभैलो पनि खेलेका छैनन् ।” गाउँमा लिङ्गे पिङ्ग हालेका छैनन् ।

सामुदायिक विद्यालय, विभिन्न संघ संस्था, आमा समूह, युवा क्लव देखि बालबालीकाहरु समूह बनाएर देउसीभैलो खेल्दा गाउँशहर गुञ्जायस हुन्थ्यो । तिहारको समयमा बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष र घरधनीले दान रकम दिने चलन छ ।

धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ ।

परम्परागत समाजमा मनोरञ्जनका लागि तिहार पर्वको अवसरमा खेलिने देउसी भैलोको शैली र उद्देश्य फेरिदै गएको थियो । संस्कृतिको संरक्षणसँगै विभिन्न सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने र समाजमा मनोरञ्जन प्रदान गर्न देउसीभैलो खेल्न थालिएको थियो ।

निजी स्रोतबाट सञ्चालित म्याग्दीका करिब ५० वटा सामुदायिक विद्यालयहरु शिक्षकको तलबभत्ताका लागि पैसा संकलन गर्न देउसीभैलो खेल्ने गरेका थिए । यसपाली देउसीभैलो खेल्न नसकेपछि निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि बैकल्पिक स्रोत खोज्नुपर्ने अवस्था आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...