मालिकाको बजेट ४७ करोड ७४ लाख

Shreekrishna hardware

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

गाउँपालिका केन्द्र दरबाङमा शुक्रबार सम्पन्न भएको गाउँसभाको १५ औं गाउँअधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्तीमगरले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । गाउँसभामा उपाध्यक्ष घर्तीमगरले आगामी आर्थिक वर्षका लागि ४७ करोड ७४ लाख ४० हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

बजेटमा संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान तर्फ ८ करोड ४१ लाख, ससर्त अनुदान चालु तर्फ १९ करोड ११ लाख,राश्व बाँडफाँडबाट ९० लाख, पूँजीगत ससर्त अनुदान १५ लाख,विशेष अनुदान(पूँजीगत) १ करोड ४५ लाख र समपुरक अनुदान २ करोड रुपियाँलाई बजेटको आय मानिएको छ ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसैगरी गण्डकी प्रदेश सरकारको समानिकरण अनुदान एक करोड ५३ लाख ५ हजार, राजश्व बाँडफाँडबाट ५७ लाख ५ हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, गाउँपालिकाको आन्तरिक आय एक करोड र अनुमानित संचित कोषबाट चार करोड रुपैयाँ बजेटमा समाबेश गरिएको उपाध्यक्ष घर्ती मगरले सभामा जानकारी गराउनुभएको थियो ।

उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड ५५ लाख ५ हजार र पूँजीगत तर्फ १६ करोड ६८ लाख ८५ हजार रुपियाँ विनियोजन गरिएको छ । वडागत योजना तथा कार्यक्रमका लागि ३ करोड ८५ लाख,लागत सहभागितामा सञ्चालन हुने योजनाहरुका लागि ३ करोड ७४ लाख,४४ हजार, प्रशासकीय भवन, वडा नम्बर १ र ७ नम्बर वडा कार्यालय भवन लागि २ करोड, विपदजन्य क्षतिबाट पुनर्निमाण तथा राहत वितरणका लागि ८० लाख र पालिका स्तरीय योजना तथा कार्यक्रमका लागि दुई करोड ८३ लाख ४५ हजार रुपियाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष गर्बुजाले कृषि, शिक्षा, स्वास्थ्य तथा विपद व्यवस्थापन, पूर्वाधार विकास, युवा स्वरोजगार, पर्यटन, सिँचाई, भवन निर्माण, उर्जा, संचार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो ।

बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्न ‘‘किसान चौतारी,जोतौं खेतबारी भन्ने नीति लिइएको छ । ‘‘खाऔं आफ्नो बारीको, नखाऔं सिमा पारीको भन्ने कार्यक्रम संचालन गरी फलफूल, तरकारी तथा अन्नबालीहरुको पकेट क्षेत्रहरु पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी व्यवसायिक कृषि कार्यक्रम संचालन गरिने नीति मालिकाले लिएको छ ।
यसैगरी युवाको उर्जा मालिकाका औजार भन्ने मिसन कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...