आज तिहारको अन्तिम दिन भाइटीका लगाइँदै

Gandaki Pardesh notice

काठमाडौँ : तिहारको पाँचौँ अर्थात् अन्तिम दिन आज भाइटीका लगाइँदैछ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो ।

भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसपछि आज दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ । 

यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिने तथा सकेसम्म उपहार दिने प्रचलन रहेको छ।

Shreekrishna hardwear in news

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाइदिने र दक्षिणा तथा उपहार दिने प्रचलन रहेको छ।

दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।

भाइटिकाको महत्व
नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि आज मुख्य दिन भाईटिका । विशेषगरी दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने दिन ।

Bhautik ministry notice about road

तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दिर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै म्याग्दीमा पनि मनाइदै छ ।

मुख्यगरी दाजुभाई र दिदी बहिनीको सम्बन्धको प्रतिक भाईटीका हो । परम्पराअनुसार दिदिवहिनीहरुले भाईलाई पुजा गरी सप्तरंगी टिका लगाएर मिष्ठान्न भोजन गराई भाईटीका मनाईन्छ ।

यस्तै, दाजुभाईले पनि दिदी वहिनीलाई यसैगरी टिका लगाएर गच्छेअनुपार दक्षिणा तथा उपहार दिने र आपसी सौहार्द र खुसी साटेर भाइटीका मनाउने गरिन्छ । दाजुभाई दिदीवहिनीको सम्बन्धको प्रतिक नै भाईटीका भएको बताउँदै तिहारले सुखशान्ति, समृद्धि र भाईचाराको विकासको कामना गरेर मनाईने पण्डीत भिमनाथ पराजुली बताउनुहुन्छ ।

कतिपयले भाइटीकाको उत्तम समय मै लगाउछन भने । केही अघि र केहीपछि पनि टिका लगाउहा केहि फरक नपर्ने बताइन्छ । दिदी बहिनी र दाजुभाईका लागि दर्शैं भन्दा पनि महत्वपूर्ण चाड तिहार मानिन्छ ।

‘टाढा गएका दाईभाईहरु घरमा आउँछन्, दिदीवहिनीहरुको भेट हुन्छ, बर्षदिनभरीको सुखदुःख साट्ने दिन पनि तिहार हो । तर यसपालि कोरोना भाइरसका महामारी तथा जोखिमका कारण धेरै दाजुभाई दिदिबहिनी भेट भएर भाइटिका लगाउन नपाउने अवस्था छ । कतिपयको तिहार आयसोलेशनमै हुने भएको छ । दाजुभाईले दिदीवहिनी र दिदीवहिनीले दाजुभाईलाई टिका लगाएर पुज्ने दिन भएकाले भाइटिकाको महत्व ठुलो छ ।

आज टिकाका बेला दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर पुजा गर्छन् । सप्तरंगी टीका लगाई मखमली, सयपत्री तथा गोदावरीको माला लगाईदिन्छन् । त्यसपछि मिष्ठान्नहरु विभिन्न प्रकारका मसला ओखर, कटुस, रोटी, चकलेट, फलफूल, नरिवल, मकैफूला तथा अन्य खानेकुराहरु दिईन्छ ।

तिहारमाई भाइटिका लगाउन अनुकुलता हेरेर दिदीबहिन माइति र दाजुभाई दिदीबहिनीकहाँ पनि जाने गर्छन् । मखमली र सयपत्री माला लगाई दीर्घायु तथा सुस्वास्थ्यको कामना गरिन्छ । दाजुभाईले पनि टिका लगाई गच्छे अनुसारको दक्षिणा दिएर शुभकामना साटासाट हुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...