थामडाडाका शिकारी बन्दुक र कालिज सहित पक्राउ

Gandaki Pardesh notice

बेनी । प्रहरीले भरुवा बन्दुक र कालिज सहित म्याग्दीको बेनी नगरपालिका–४ बाट पाँच जनालाई पक्राउ गरेको छ ।

थामडाँडाको अर्जे खोला स्थित जंगलमा बन्यजन्तु चोरी शिकारी गर्ने उनिहरुलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–४ थामडाँडाका २० वर्षीय सन्दिप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ, २१ वर्षीय सञ्जय गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । शिकारीहरुले प्रयोग गरेको भरुवा बन्दुक पूर्ण गुरुङ को भएकाले उनलाई पनि प्रहरीले छानबिनका लागि नियन्त्रणमा लिएको हो ।

Shreekrishna hardwear in news

‘रातको समयमा जंगलमै पक्राउ परेकाहरुको साथबाट कालिज र एक थान एक नाले भरुवा बन्दुक समेत बरामद गरिएको छ,’ उहाले भन्नुभयो ‘हिरासतमा रहेका उनिहरु बिरुद्ध बन्यजन्तुको अबैध चोरी शिकारी र अबैध हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाउन सरकारी वकिल कार्यालयसँग परामर्श गरेका छौ ।’

बन्यजन्तुको चोरी शिकारी हुने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले बिशेष टोली परिचालन गरेको थियो । पुर्ण गुरुङका परिवारका सदस्यहरुले भने गुरुङ घरमा नभएको समयमा अन्य व्यक्तिहरुले जवरजस्ति गरेर बन्दुक लगेको र चोरी शिकारीमा उहाँको संलग्नता नभएको दावी गरेका छन् । प्रशासनको अनुमतिमा (लाइसेन्स लिएर) बन्दुक राखेको गुरुङ परिवारको भनाई छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...