चुत्रेनीको आकर्षक पार्क पाहुनाको पर्खाइमा

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाहरुले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् ।

बेनी नगरपालिका ५ र ६ नम्बर वडाका युवाहरु आवद्ध द मनसुन युवा क्लवले चुत्रेनीमा बनभोज स्थल सहितको उद्यान बनाएका हुन् । क्लवका अध्यक्ष दिनेश बानियाले गत तिज पर्वको अवसरमा आयोजना गरेको मेलाको आम्दानी र श्रमदान जुटाएर पर्यटकीय पूर्वाधार बनाएको बताउनुभयो ।

“आराप गरेर बस्न मिल्ने फलामको बेन्च, फुटपाथ, फोहोर व्यवस्थापन, चौतारी निर्माण गर्न रु. ८० हजार खर्च भएको छ,” उहाँले भन्नुभयो “मेला सञ्चालन गरेर भएको आम्दानीबाट रंग किनेर उद्यानमा रहेका अग्ला सिसौका रुखलाई रंगाइएको छ ।”

Shreekrishna
Gunasthariya Shiksya

फोहोर व्यवस्थापन गर्ने डष्टविन पनि राखेका छन् । बेनी बजार देखि करिब ४ किलोमिटर पश्चिममा रहेको चुत्रेनी म्याग्दी नदीको किनारमा अवस्थित छ । जंगलभित्र र म्याग्दी नदीको किनारको सो उद्यान विशेष गरेर गर्मी याममा शितल हुन्छ ।

एकान्त वातावरणमा रिफ्रेस हुन, तनाव व्यवस्थापन गर्न र शितलताका लागि चुत्रेनीको उद्यान उपयुक्त गन्तब्य बन्न सक्ने सम्भावना छ । सिंगा तातोपानी जाने बेनी–दरवाङ सडकको नजिकै उद्यान रहेको छ । जंगलको अग्ला सिसौका रुखलाई रंग लगाएर टिटिक्क पारिएको छ ।

हिड्ने फुटपाथमा सडक पिच गर्न प्रयोग हुने रोडा राखिएको छ । पैदलमार्गको दायाँ र बाया ढुंगालाई आकर्षक बनाएर ठाडो पारेर राखिएको छ । उद्यान भएको ठाउँमा यसअघि टहरा र शार्वजनिक शौचालय बनाइसकिएको थियो । सांस्कृति कार्यक्रम गर्न पनि उपयुक्त रहेको सो ठाउँमा भेला, बैठक, सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...