मौवाफाँटमा मगर समाजको भवन

Add Samajik bikash office

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मगर समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कुल ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको हो । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र श्रमदानबाट भवन निर्माण गरिएको मौवाफाँट मगर समाजका अध्यक्ष यामकुमारी गर्वुजाले जानकारी दिनुभयो ।

भवन निर्माणमा रु २५ लाख ९ हजार ४४९ व्यक्तिगत चन्दा संकलन गरिएको र मौवाफाँटमा रहेका २३ घरधुरी मगर समुदायले रु ४ लाख ६९ हजार तीन सय बराबराको श्रमदान गरेका थिए । भवन निर्माणमा रघुगंगा गाउँपालिकाको रु १० लाख, वडा कार्यालय मार्फत रु १ लाख, तत्कालिन प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा प्रदेश सरकारबाट रु ८ लाख बजेट उपलब्ध भएको समाजका निवर्तमान अध्यक्ष मेखबहादुर गर्वुजाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वि.स. २०७७ सालदेखि निर्माण सुरु भएको भवन बनाउनका लागि १ रोपनी ९ आना जग्गा खरिद गरिएको थियो भने मुख्य सडकबाट भवन परिसरसम्म ७ सय मिटर सडकको पहुँचमार्ग समेत निर्माण गरिएको छ । बहुउदेश्यीय भवनमा करिब तीन सय ५० जना क्षमताको सभाहल समेत निर्माण गरिएको छ । भवन परिसरमा सौचालय, खानेपानी र मैदानको समेत व्यवस्था छ । भवन निर्माण भएपछि सभा, समारोह, तालिम, बैठक, भेला, प्रशिक्षण लगायतका कार्यक्रम संगै विवाह, वर्तबन्ध लगायतका संस्कारजन्य कार्यक्रहरु गर्न समेत सहज हुने मौवाफाँट मगर समाजका सचिब थम बुद्धुजाले बताउनुभयो ।

नवनिर्मित भवनको शनिवार एक समारोहका बिच उद्घाटन गरिएको छ । मौवाफाँट मगर समाजका संस्थापक अध्यक्ष एवंम् ज्येष्ठ नागरिक सुवेदार दलप्रसाद गर्वुजाले भवनको उद्घाटन गर्नुभएको हो । वि.स. २०५३ सालदेखि समाजको अवधारण अनुसार मगर समदायको एकता र सदभाव बढाउन समाजले भूमिका खेलेको बताउँदै भवन निर्माण भएसंगै समाजको संस्थागत विकासमा फड्को मारेको उहाँले बताउनुभयो ।

कार्यक्रमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापा मगर, रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा, अग्रज लोक गायिका धनकुमारी थापा लगायतले मगर समाजको भवनले सार्वजनिक र संस्कारजन्य गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताउँदै मगर समुदायको भाषा, भेषभुषा र संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । मौवाफाँट मगर समाजका अध्यक्ष यामकुमारी गर्वुजाको अध्यक्षता, उपाध्यक्ष चन्द्र शेरपुञ्जाको स्वागत र र सचिब थम बुद्धुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...