अन्नपूर्ण आधार शिविरमा मौरिस हर्गोजको शालिक

Add Samajik bikash office

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो ।

सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधारशिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्छ । नारच्याङका स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर हर्जोगको शालिक बनाएर आधार शिविरमै लगेर राखेका हुन ।

तामा र पित्तलबाट निर्मित ४० केजी तौल रहेको शालिक बनाउन र ढुवानी गरेर आधार शिविर सम्म पु¥याउन करिब रु ६ लाख खर्च भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिनुभयो । गुरुङको नेतृत्वमा शालिक निर्माण अभियान समितिका पदाधिकारीहरुको टोलीले दुई दिनको पदयात्रा गरेर समुद्री सतहदेखि ४ हजार १९० मिटर उचाईमा शालिक स्थापना गरेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘‘हिमालका प्रथम आरोहणको तथ्य स्थापित गर्न र ओराहीको सम्मानका लागि शालिक बनाएका हौँ, नेपालमै पहिलो पटक अन्नपूर्णमा मानव पाईला परेपछि यसले नेपालको पर्वतारोहणमा महत्वपूर्ण भूमिका खेलेको छ, हामीले ऐतिहासिक पात्रहरुको सम्मानमा यो अभियान थालेका हाँै, शालिक बनाउन सरकारी तवरबाट कुनै बजेट प्राप्त भएन, हामी आफै चन्दा संकलन गरेका छौँ’’–अभियन्ता गुरुङले भन्नुभयो ।

अन्नपूर्ण दिवसका अवसरमा गत सोमबार पोखरामा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारका पराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शालिकको अनावरण गर्नुभएको थियो । फ्रान्सका हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभएको र उहाँको शालिक राखेपछि आरोहीको सम्मान संगै ऐतिहासिक पदमार्गको प्रचार प्रसारमा सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै अन्नपूर्ण गाउँपालिकाले नारच्याङदेखि मौरिस हर्जोग पदमार्ग निर्माण गरेको छ । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म १६ किलोमिटर दुरीको पदमार्गमा दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविर पूग्न सकिन्छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...