पश्चिम नेपाल सहकारीको हाजिरी जवाफ प्रतियोगिता

Add Samajik bikash office

बेनी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २ वटा विद्यालयमा एकै दिन हाँजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

यही जेठ २५ गते शुक्रबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय मावि र मंगला गाउँपालिका–२ बाबियाचौरको मंगला माविमा विद्यालय स्तरीय हाँजिरी जवाफ प्रतियोगिता भएको थियो ।

ज्ञानोदयमा रघुगंगा गाउँपालिकामा रहेका ७ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा मुक्तिधाम मावि भगवती प्रथम, रघुगंगा मावि पिप्ले दृतीय र मालिका आधारभूत विद्यालय ठाडाखानी दृतीय भएका थिए ।

Shreekrishna hardwear in news

सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता र रघुगंगा गाँउपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहकारीको केन्द्रिय कार्यालयका आर्थिक प्रशासन प्रमुख मेघराज शर्माले सञ्चालन, भगवती सेवा केन्द्र संयोजक श्रीकृष्ण रिजालले स्वागत र ज्ञानोदय माविको व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Bhautik ministry notice about road

सो कार्यक्रममा बेनी सेवाकेन्द्रका प्रमुख सन्तोष शर्मा र भगवती सेवाकेन्द्र प्रमुख समिर सुबेदी पनि सहभागी हुनुभएको थियो । ८ विद्यालयले सहभागिता जनाएको मंगला गाउँपालिका स्तरीय प्रतियोगितामा मंगला मावि बाबियाचौर प्रथम, शारदा मावि छिस्वाङ दृतीय र सिद्धशान्ति मावि हिदी दृतीय भएका थिए ।

प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई प्रमाणपत्र सहित नगद रु. १० हजार, सात हजार ५०० र पाँच हजारका दरले पुरस्कृत गरिएको थियो । बाबियाचौरमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिमप्रसाद गौतमको अध्यक्षता, मंगला गाउँपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीरमण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद आचार्यले गर्नुभएको थियो ।

सो कार्यक्रममा सहकारीका कोषाध्यक्ष श्रीराम पौडेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । केन्द्रिय कार्यालयका मुख्य व्यवस्थापक प्रेमलाल कडेल र बाबियाचौर सेवा केन्द्र प्रमुख राजकुमार पाण्डे सहित सञ्चालक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा केन्द्रीय कार्यालय सहित म्याग्दी जिल्लाभरी र पर्बत जिल्लाको जलजला सहित ८ वटा सेवाकेन्द्र बाट सदस्य हरुलाई वित्तीय सेवा का साथ साथै सामाजिक उत्तरदायित्तव कार्यक्रम अन्तर्गत रहेर समय समयमा बिभिन्न सामाजिक सहयोगका कार्यक्रमहरु समेत गर्दै आएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...