मुनामा व्यक्तिगत लगानीमा खानेपानी टंकी निर्माण

Add Samajik bikash office

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा खानेपानीको टंकी निर्माण गर्नुभएको छ ।

मुनाका राजबहादुर रोका र देवी रोकाले पनेरबोट भन्ने ठाउँमा खानेपानीको टंकी र धारा निर्माण गर्नुभएको हो । टंकी र धारा निर्माण गर्न रोका दम्पत्तीले व्यक्तिगत रुपमा रु. ५ लाख बढी खर्च गर्नुभएको धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो ।

Bhautik ministry notice about road

सो सार्वजनिक टंकी र धाराबाट स्थानीयबासीलाई पानी संकलन गर्न, गाईबस्तुलाई खुवाउन, घरायसी उपभोग गर्न, नुहाउन, कपडा धुनका लागि सहज भएको छ । सानो पानीको स्रोतलाई संरक्षण गरेर टंकीमा संकलन हुने र त्यसलाई प्रयोग गर्न मिल्ने गरि संरचना बनाइएको छ ।

Shreekrishna hardwear in news

छिमेकीहरुलाई आवश्यक परेको हुँदा बुवा आमाको नाममा टंकी र धारा बनाएको राजबहादुर रोकाले बताउनुभयो । ग्रामिण क्षेत्रमा धर्मका लागि खानेपानीको धारा, चौतारी, पोखरी बनाउने चलन रहेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...