५ जना उत्कृष्ट कृषक र १ समूहलाई अन्नपूर्णको पुरस्कार

Add Samajik bikash office

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज ५ जना उत्कृष्ट कृषकलाई जनही रु. ३५ हजार नगद सहित सम्मान गरेको छ ।

१२ औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रम मार्फत ५ जना उत्कृष्ट कृषक र एक कृषि समुहलाई नगद सहित सम्मान गरेको हो ।

Bhautik ministry notice about road

अन्नपूर्ण– ७ का टिका पाइजा तिलिजा, बेगबहादुर पाइजा, –८ का चित्रबहादुर गर्बुजा, तुलबहादुर गर्बुजा र –६ का तेजबहादुर बरुवाललाई जनही ३५ हजार ८ सय र सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक सम्झना क्षेत्रीले बताउनुभयो ।

Shreekrishna hardwear in news

यसैगरी रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत उत्पादनमा आधारित कार्यक्रममा छनौंट भएको जागरुक महिला कृषक समुहलाई नगद रु. २० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । व्यवसायिक किसानहरुलाई प्रोत्साहन गर्न नगद सहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

अध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष खमबहादुर गर्बुजा र कृषि शाखाका प्राविधिक सहायक हेमन्त शाहीले नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...