रघुगंगामा अस्पताल बनाउने ठाउँको बिवाद

Beni Sanjibani

बेनी । म्याग्दीको रघुगंगामा पालिका स्तरीय अस्पताल निर्माण स्थलको बिवाद चर्किएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमका अन्तरगत रघुगंगा–१ बेगलाई छनौट गरेको थियो ।

गाउँपालिका र बेगका बासिन्दाबीच उत्पन्न स्थान बिवादले अस्पताल बनाउने योजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको छ । कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिका बासिलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले मौवाफाँटमा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

बेगका जनप्रतिनिधि, राजनीतिकर्मी, अगुवाले बेगमै अस्पताल बनाउनुपर्ने माग सहित निर्णय सच्चाउन गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । कार्यपालिका निर्णयप्रति फरक मत राख्दै आउनुभएका वडा अध्यक्ष बिलप्रसाद फगामीले ठाउनै तोकेर आएको योजना अन्यत्र लैजान नहुने र नदिने बताउनुभयो ।

Mangala Health notice about Je

“हाम्रो असहमति र बिरोधपछि गाउँपालिकाका अध्यक्षले बेग स्वास्थ्य चौकीको भवन बनाउने योजना अन्य वडालाई दिने र बेगमै अस्पताल बनाउने आश्वासन दिनुभएको छ,” उहाँले भन्नुभयो “अस्पताल बनाउन आवश्यक पर्ने ९ रोपनी जग्गा खोजिसकेका छौ ।”

१० करोड भन्दा बढी लागत अनुमान गरिएको अस्पतालको भवन बनाउन मन्त्रालयले चालु आर्थिक वर्षमा ८३ लाख रुपैयाँ बजेट समेत पठाएको छ । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पारिसकेको गाउँपालिकाले जनाएको छ ।

Beni nagarpalika ko janahit ma jari notice

सबै वडाका बासिन्दाहरुलाई पायक पर्ने र केन्द्र समेत भएकाले मौवाफाँटमा अस्पताल बनाउन सहमतिमा निर्णय गरि ठाउँ संसोधनका लागि मन्त्रालयमा सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले बेग स्वास्थ्य चौकीको भवन पुननिर्माण गर्न एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । ठेक्का लागिसकेको भवन वडा न. ७ चिमखोला अथवा झिँ मध्य कुनै एक ठाउँमा लैजान बेगबासीले प्रस्ताब गरेका छन् ।

एक ठाउँमा बनाउनका लागि सम्झौता भइसकेको योजना अर्कै ठाउँमा स्थानान्तरण गर्नु नीतिगत र प्राबिधिक हिसाबले असम्भब हुने जानकारहरु बताउँछन् । बेगमा अस्पताल बनेमा छिमेकी भगवतिका केही बस्ती बाहेक अन्य वडाका बासिन्दालाई सेवा लिन अपायक पर्ने गाउँपालिकाका पदाधीकारीको भनाई छ ।

“बेगमा अस्पताल बनाउनेनै हो भने ८ दिनभित्र जग्गा धनीपुर्जा लिएर आउने सर्तमा स्वास्थ्य चौकीको भवन चिमखोला वा झिँमा बनाउन सहमति दिनुहोस भन्ने बिकल्पमा सहमति जनाएको हो,” अध्यक्ष भण्डारीले भन्नुभयो “खोजिएको जग्गा प्राबिधिक हिसाबले उपयुक्त हुने आधार देखिएमात्र अस्पताल बनाउने भनिएको हो ।”

गाउँपालिकाले यसअघि बेगको बादुकमा सामुदायिक स्वास्थ्य इकाई र तिप्ल्याङमा आयुर्वेद स्वास्थ्य केन्द्रको गाउँघर क्लिनिक स्थापना गरेको छ । मन्त्रालयले पाँच देखि १५ शैयाँ क्षमताको अस्पताल बनाउन रघुगंगाको बेग, धवलागिरीको ताकम, मंगलाको अर्मन र अन्नपूर्णको दोवा स्वास्थ्य चौकीलाई छनौट गरेको थियो ।

बेनीमा जिल्ला अस्पताल र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । सबैलाई पायक पर्ने हिसाबले अस्पताल बनाउन ठाउँ छनौट नगरिएको र गाउँपालिकाको पछिल्लो निर्णयको बिषयमा राजनितिक आरोप प्रत्यारोपसँगै रघुगंगाको अस्पताल बनाउने योजना कार्यान्वयन बिवादमा परेको बिष्लेषण गरिएको छ ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...