ठुलाबेसी गैह्ैबेशी सिचाई आयोजनाको पक्कि नहर निर्माण

Gandaki Kotihome

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–४ च्युुरीबोटमा रहेको ठुुलाबेसी गैह्ैबेशी सिचाई आयोजनाको पक्कि नहर निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समिति मार्फत सिचाई आयोजनाको कच्चि नहरलाई ढलान गरेर पक्किमा परिणत गर्न थालिएको हो । चालुु आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजन भएको रु. ३० लाख बजेटबाट ६६० मिटर पक्कि नहर निर्माण गरिएको ठुलाबेसी गैह्ैबेशी सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तिले बताउनुभयो ।

“दाजुङखोला लघुजलविद्युत आयोजनाको विद्युुतगृह देखि मुहानसम्म १ हजार ६८० मिटर पक्कि बनाउने योजना अनुुसार हालसम्म ८८५ मिटर नहर निर्माण सकिएको छ,” उहाँले भन्नुभयो “गत वर्ष रु. १० लाख बजेटबाट २२५ मिटर नहर निर्माण गरेका थियौ ।”

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

गत चैत महिनादेखि शुरु भएको चालुु आर्थिक वर्षको बजेटबाट नहर निर्माणको काम हालै सकिएको हो । कुुल लागतको १० प्रतिशत उपभोक्ताले श्रमदान गरेका हुन् । थप ७९५ मिटर नहर निर्माण गरेर योजनालाई पूूर्णता दिन आगामी वर्षको योजना तथा कार्यक्रममा प्रस्ताव गरिएको खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयले जनाएको छ ।

सो योजनाबाट ५८ घरधुुरी कृषकको ३०० रोपनी जमिनमा सिचाई सुुविधा पुुग्ने कार्यालयका प्रमुख झलकमोहन ओझाले बताउनुभयो । कच्चि नहरबाट पानी ल्याउँदा सोसिएर खेतबारीसम्म नपुुग्ने समस्या थियो । पक्कि नहर बनेपछि मुहानबाट पठाएको पानी सबै खेतबारी सम्म पुग्न थालेको छ । बाह्ै महिना खेतीबाली लगाउन सकिने भएको स्थानीय कृषक रेशम पुनले बताउनुभयो ।

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दीमा ६० वटा सिचाई आयोजना कार्यान्वयन गरेको छ । २ वटा योजनाको बहुुबर्षीय ठेक्का आव्हान भएको कार्यालयका सब ईञ्जिनियर अञ्जन खत्रीले बताउनुभयो । उपभोक्ता समितिसँग सम्झौता भएका अधिकांश आयोजना सम्पन्न हुुने चरणमा छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...