बेनी–दरवाङ सडकको रणवाङ–दरवाङ खण्ड कालोपत्रमा बिलम्ब

Add Samajik bikash office

रणवाङ, । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले ५ वर्षमा पनि पूर्णता पाएको छैन् ।

मंगला गाउँपालिका–२ रणवाङ देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न वि.स. २०७६ जेठ ३१ गते विरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो । २०७८ जेठ महिनामा सकिनुपर्ने सो योजनाको हालसम्मको भौतिक प्रगति करिब ७५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

म्याग्दीको लाइफ लाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाईले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालन गर्न असहज भएको मंगला गाउँपालिका–२ रणवाङका लक्षिन बहादुर मल्लले बताउनुभयो ।

Shreekrishna hardwear in news

“पिच गर्ने भनेर गत साल सम्माएर सब बेस हालेर छाडेका थिए । गत चैत–वैशाख महिनामा पनि मेसिन ल्याएर केही दिन सडक सम्माएका थिए,” उहाँले भन्नुभयो “अहिले काम ठप्प छ । धुलो उडेर यात्रु र स्थानीयबासीलाई सास्ती भएको छ ।”

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित यो सडक आयोजनाका निर्माण व्यवसायीलाई पटक पटक ताकेता गरेपनि बेवास्ता गरेका पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले बताउनुभयो ।

Bhautik ministry notice about road

“रणवाङ– तोलावाङ – ढाँडखर्क खण्डको ४ किलोमिटरमा सब बेस राखिसकेको निर्माण व्यवसायीले पेश गरेको कार्यतालिका अनुसार बेस, कोट राखेर कालोपत्र गर्न ढिलाई गरेका छन,” उहाँले भन्नुभयो “फोन नउठाउने निर्माण कम्पनीका सञ्चालकलाई पत्र काटेर ताकेता गरेका छौ ।”

ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाई भएको छ । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । पहिलो प्रभावित बाहेक रणवाङ देखि ढाँडखर्क सम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ ।

निर्माण कम्पनी क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्री नपाउँदा समयमा काम गर्न समस्या भएको बताउनुभयो । चालु आर्थिक वर्षमा रणवाङ–तोलाबाङ खण्डमा कालोपत्र सम्पन्न गर्न केही दिनमै उपकरण र मजदुर ल्याएर आउने थकालीले बताउनुभयो ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरिको यो सडक वि.स. २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले भएकाले रणनीति महत्वको मानिएको छ ।

बेनी देखि सिम सम्म १२.५ किलोमिटर २ वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको ४ किलोमिटर सडकको पहिलो चरणको कालोपत्र सकिएको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले सहजिरण र समन्वय गरेपनि क्याराभान निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाई गरेको बताउनुभयो ।

गण्डकी प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रि समेत रहेका जुग्जालीका अनुसार क्याराभान गण्डकी प्रदेशमा सबै भन्दा धेरै आयोजना अलपत्र पार्ने निर्माण कम्पनी हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...