दरवाङमा सेनाको एकिकृत स्वास्थ्य शिविर

Gandaki Ghumau

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको संयोजनमा वृहत एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको आयोजनामा भएको शिविरमा श्री नं २३ बाहिनी अड्डा, सैनिक अस्पताल पोखरा, शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक, श्री नं. २३ फि.ए. गुल्म बागलुङ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आर्युवेद स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी, बेनी अस्पताल, मालिका गाउँपालिका र दरवाङ आधारभूत अस्पतालको टोलीले सेवा दिएका थिए ।

शिविरमा ६६० जनालाई स्वास्थ्य परिक्षण, प्रयोगशाला, युएसजी, भेटेरीनरी, आर्युवेद, कृषि परामर्श सम्बन्धी सेवा प्रदान गरिएको नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गेका सेनानी प्रकाश घिसिङले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

स्वास्थ्यतर्फ ४०४ जनाले स्वास्थ्य परिक्षण, हाड जोर्न, मनोरोग, दाँत, आँखा, प्रयोगशाला र युएसजी सम्बन्धी सेवा लिएका उहाँले बताउनुभयो । आर्युवेदतर्फ १४३, ८६ जनाले भेटेरीनरी र २४ जनाले कृषि सम्बन्धी सेवा लिएका सेनानी घिसिङले बताउनुभयो ।

ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य उपचार सम्बन्धी सेवा उपलब्ध गराउने र समस्या पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरेको नेपाली सेनाले जनाएको छ । शिविरमा मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दाले सेवा लिएका थिए । नेपाली सेना, बेनी अस्पताल, दरवाङ आधारभूत अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिएका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...