अन्नपूर्णका युवालाई पथप्रर्दशक तालिम

Add Samajik bikash office

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले युवाहरुलाई पर्यटक पथप्रर्दशक तालिम सञ्चालन गरेको छ ।

पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहको सभाहलमा १५ दिनसम्म सञ्चालन हुने तालिमको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शुक्रबार उद्घाटन गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेमेडका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

१३९ घण्टाको तालिममा सहभागी भएपछि सहभागीलाई टे«किङ गाईडको प्रमाण पत्र प्रदान गरिने सुबेदीले बताउनुभयो । यसले पर्यटन मन्त्रालय र टे«किङ एजेन्सीहरु संग समन्वय गरेर सहभागी भएका युवालाई रोजगारीका लागि पहल गरिने उहाँको भनाई थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पालिका भित्रका ८ वटा वडाका २५ जना युवाहरुले सहभागी रहेको हो । तालिममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण गाउँपालिका पर्यटनको हिसाबले सम्भावना भएकाले पालिकाका युवालाई तालिम दिएर आन्मनिर्भर बनाउन तालिमको आयोजना गरेको बताउनुभयो ।

उहाँले यस तालिमले यहाँको पर्यटन व्यवसायी र बेरोजगार युवाहरुले रोजगार पाउने विश्वास रहेको बताउदै तालिम लिएर आत्मनिर्भर हुनेमा विश्वास रहेको बताउनुभयो । पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको संख्या बढ्दै गएको र त्यस क्षेत्रलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालिम संचालन गरेको बताउँदै पालिकामा गाईडको आवश्यक रहेको अध्यक्ष पुनको बताउनुभयो ।

तालिममा पर्यटन सुरक्षा र जोखिम, समूह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा माउटेन एकेडेमीका अनुप अधिकारी र निरेन्द्र महर्जनले प्रशिक्षण दिनुहुनेछ । उक्त तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन उद्यम विकास शाखाकी कर्मचारी बिष्णु गौतमले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...