लोप्रेमा डाइनिङ हल, धर्मशाला र जेष्ठि पूर्णिमा मेला उद्घाटन

Add Samajik bikash office

सुरेन गुरुङ
लोप्रे, । पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबार डाइनिङ हल, धर्मशाला र जेष्ठि पूर्णिमा मेलाको उद्घाटन भएको छ ।

राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीले न्यु सृष्टि युवा क्लवले जेष्ठी पूर्णिमा पर्वको अवसरमा आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमसँगै धौलागिरी आमा समूहले बनाएको डाइनिङ हल र स्थानीय धनीकला देवी पुनले निर्माण गर्नुभएको धर्मशाला उद्घाटन गर्नुभएको हो ।

जलजला गाउँपालिकाको रु. ३ लाख अनुदान र रु. ६ लाख श्रमदान तथा चन्दा सहयोग जुटाएर १५० जना क्षमताको डाइनिङ हल निर्माण गरेको आमा समूहका अध्यक्ष डिलकुमारी पुर्जाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सो भवनमा भोज भतेर, भेला, बैठक, तालिम, गोष्टि, सभा सञ्चालन गर्न सकिन्छ । यसैगरी लोप्रेका धनीकला देवी पुनले दिवंगत श्रीमान कुम्भ सिं पुनको स्मृतिमा रु. ४ लाख खर्च गरेर ठाँटी (धर्मशाला) निर्माण गर्नुभएको हो ।

कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, जलजला –५ का वडा अध्यक्ष तिलक जिसी लगायत जनप्रतिनि र नेपाल मगर संघ पर्वतका अध्यक्ष गणेश पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीयबासीले मौलिक लोक नृत्य र गित प्रस्तुत गरेका थिए । पञ्चेबाजा बजाएर खुसी साटेका थिए । जेष्ठि पूर्णिमा पर्वको अवसर पारेर आयोजना गरिएको मेलामा शनिबार देखि खेलकुद कार्यक्रम हुने न्यु सृष्टि युवा क्लवले जनाएको छ । कार्यक्रमको सञ्चालन स्थानीय युवा पुर्ख पुर्जा पुनले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...