खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा विक्रि भएपछि खेर जाने थामलाई प्रसोधन गरेर फाईबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो ।

बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रम अन्तर्गत खवरामा फाईबर तथा भर्मि कम्पोष्ट प्रविधि सम्बन्धी तालिम प्रदान गरेपछि स्थानीयबासीले केरा खेतीबाट फल र थाम दुबैबाट आयआर्जन गर्न सक्ने भएका हुन् ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खवराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम समेत दिइएको छ ।

Shreekrishna hardwear in news

केरा पकेट क्षेत्रको रुपमा विकास भएको खवरा क्षेत्रमा उत्पादन भएको केरा विक्रि भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताउनुभयो । उहाँका अनुसार, तालिममा केराको थामबाट रेशा निकालेर फाइवर, धागो तयार गर्न र रेशा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोष्ट मल तयार गर्ने विधि, तरिका सिकाइएको छ ।

Bhautik ministry notice about road

केराको रेशाबाट पुनप्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रसोधन गरेर व्यवसायिक रुपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सिमा थापाले बताउनुभयो । ‘‘ हामीले यस अघि केराको कोसा मात्रै विक्रि गथ्र्यौ, थाम त्यसै कुहिएर खेर जाने गथ्र्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ’’–उहाँले भन्नुभयो ।

तालिममा राष्ट्रिय युवा परिषदका वोर्ड सदस्य सन्दिप सापकोटा, गिता पौडेल, ज्योती मल्लले प्रयोगात्मक अभ्यास समेतको सहजीकरण गर्नुभएको थियो । तीन बर्षको अनुसंधानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याड लगायतका सामान उत्पादन गर्न सम्भव देखिएपछि अभियानको रुपमा केराको थामको उपयोग गर्न थालिएको प्रशिक्षक सापकोटाले जानकारी दिनुभयो । केराको थामबाट बनेका सामाग्री प्राकृतिक रुपमा उपयोगी हुने भएकाले यसको व्यावसायिकताले महिलाहरुको आयआर्जन सुधारमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाले केराको थामबाट फाइबर, धागो र सेनेटरी प्याड बनाउने तालिम संगै उद्यमी उत्पादन र निरन्तरताको लागि उपकरण समेत सहयोग गरेको छ । प्रस्तावित गणेश फाइवर तथा कम्पोष्ट मल उद्योगलाई केराको रेशा निकाल्ने एक्स्ट्रयाक्ट मेसिन १ थान, रेशा निकाल्ने प्रविधि १ थान र भर्भि कम्पोष्ट मल बनाउने प्रबिधि १ थान हस्तान्तरण गरिएको छ ।

खवरामा आयोजित तालिम समापन समारोहमा सहभागीहरुले केराको थामको समेत प्रयोग गरेर आयआर्जन गर्न सकिने भएपछि कृषकहरुलाइृ सुविधा पुगेकोमा जोड दिनुभयो । राधाकृष्ण कृषि सहकारीका अध्यक्ष समेत रहनुभएका सोवित शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोला, बेनी नगरपालिकाका योजना अधिकृत अर्जुन सुवेदी, महिला उद्यम विकास समितिका बरिष्ठ उपाध्यक्ष विष्णु गुरुङ, स्थानीय कृषक सिमा थापा लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहकारीका सचिब तेजेन्द्रबहादुर कार्कीले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...