डाडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुुल

Add Samajik bikash office

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटको डाडाकटेरी स्थित घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयबासी र पर्यटक लाभान्वित भएका छन् ।

एग्रिकल्चर एड एशोसिशयसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको डाडाकटेरीका नारायण पुनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

सो पुलको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र कादुरी संस्थाका बिजयन्त शेरचनले उद्घाटन गर्नुभयो । रु. ४७ लाख ५० हजार ४९६ को लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

Bhautik ministry notice about road

पुल निर्माणका लागि स्थानीयबासीले रु. १ लाख १५ हजार २०० मूल्य बराबरको ८५ दिन श्रमदान गरेका छन् । काम थालेको ८५ दिनमै पुुल तयार भएको उपभोक्ता समितिका अध्इक्ष जितबहादुर पुनले बताउनुभयो ।

सो पुुलबाट बाँसखर्क, मल्लाज, डाडाकेटरी, बनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका वडा अध्यक्ष तिलक जिसीले बताउनुभयो । बाँसखर्क डाडाकेटेरी हुदै मोहरेडाडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल प्रभावकारी भएको वडा अध्यक्ष जिसीले बताउनुभयो ।

पुल निर्माण भएको खुसीयालीमा स्थानीयबासीहरुले नाचगान गरेर खुसीयाली मनाएका थिए । पुुल बनेपछि घुुमाउरो बाटो हिड्न नपरेको र यात्रा अवधी छोटिएको स्थानीयले जनाएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...