रघुगंगा ७ को सिमडाडामा महिलाको हत्या, श्रीमान र छोराहरु पक्राउ

Add Samajik bikash office

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको सिमडाडामा ३ दिनअघि मृत भेटिएकी महिलाको हत्या आरोपमा उनका श्रीमान र २ जना छोराहरुलाई पक्राउ परेका छन् ।

Bhautik ministry notice about road

यही जेठ १८ गते घरभित्रै मृत भेटिएकी ४३ वर्षीय बिष्णु छन्त्यालका श्रीमान ६० वर्षीया बलबहादुर, छोरा २८ वर्षीय मोतीबहादुर र २३ वर्षीय भविन्द्रबहादुर छन्त्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव सोमबार बेनी अस्पतालमा परिक्षण गरि आफन्तको जिम्मा लगाएको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । बलबहादुर, मोतिबहादुर र भविन्द्र बहादुर विरुद्ध जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरी निरिक्षक रायमाझीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...