बेनी – ढोरपाटन सडकमा रु. १ अर्बको नयाँ आयोजना

Add Samajik bikash office

बेनी, ः पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ ।

आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समावेश भएको हो ।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले प्रदेश सरकार मार्फत कार्यान्वयन हुने गरि छनौट भएको यो आयोजनाका लागि रु. १ अर्ब बजेट प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“आगामी आर्थिक वर्षका लागि रु. १२ करोड संघीय सरकारले बिनियोजन गरेको यस योजनाका लागि प्रदेश सरकारबाट पनि रु. १२ करोडनै बजेट बिनियोजन गर्नुपर्छ,” उहाँले भन्नुभयो “तीन वर्षका लागि रु. ९२ करोड बजेट स्विकृत भएको छ ।”

धवलागिरी गाउँपालिकाको शिवाङ देखि गाउँपालिकाको केन्द्र मुनातर्फ जोड्ेने सडक कालोपत्र सहित स्तरोन्नति गर्न यो बजेट परिचालन हुने प्रदेशसभा सदीय जुग्जालीले बताउनुभयो । दरवाङ देखि मुुना हुुदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न रु. एक अर्ब बजेट अनुुमान सहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।

बेनी देखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुदै पुर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड भन्दा ७० किलोमिटर दुरी छोटिने म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुुभयो ।

Bhautik ministry notice about road

धवलागिरी गाउँपालिका–२ खोरीयामा तीन वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९ किलोमिटर सडकको मार्ग खोल्न यस वर्ष सडक डिभिजन कार्यालय बाग्लुुङले रु. तीन करोडको आयोजना कार्यान्वयन भइरहेको छ ।

पूूर्वाधार कार्यालय मार्फत २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक कालोपत्र गर्न योजना अन्तिम चरणमा र ६ किलोमिटर दुरीको दरवाङ–धारापानी सडक ग्राभेल गर्न सञ्चालित आयोजना सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारले धारापानी देखि ताकम हुुदै शिवाङ जोड्ने सडक कालोपत्र गर्न चालुु आर्थिक वर्षमा रु. २५ करोडको आयोजना ठेक्का आव्हान भएको छ ।

म्याग्दीको रणनीतिक र मध्य पहाडी लोकमार्गको वैकल्पिक भएकाले बेनी–दरवाङ–मुुुना–जलजला ढोरपाटन सडकलाई जिल्लाका सबै सरोकारवालाहरुले प्राथमिकतामा राखेका छन् । पुर्वी रुकुमको टकसेरा देखि ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी छ ।

म्याग्दीका सरोकारवालाले खोरीया पुगेको सडकलाई ढोरपाटन हुँदै पुर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन प्राथमिकता दिएका छन् ।

भौगोलिक रुपमा म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्व राख्ने सडकले धेरै बर्षको प्रयासपछि महत्व पाएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

“भू–बनोटको सहजता र दूरीको हिसाबले पनि मध्यमहाडी लोकमार्ग म्याग्दीबाटै विस्तार हुनुपर्ने हो,” उहाँले भन्नुभयो “पछिल्लो समय वैकल्पिक सडक बनाउन भएको पहलले सार्थकता पाउन थालेको छ ।”

सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उपाध्यक्ष पुुनले बताउनुुभयो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले निकै चासोका साथ हेरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...