मोना फेस्टिवलको आम्दानी खर्च सार्वजनिक

Add Samajik bikash office

जापान, २० जेठ । जापानमा गत अप्रिल २७ र २८ मा सम्पन्न मोना फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा सम्पन्न मोना फेस्टिवलमा नेपाली कला, संस्कृति, परम्परा र जनजिवनलाई झल्काउने कार्यक्रम विभिन्न साँगेतिक तथा साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

मोना जापानले टोकियोमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । मोना फेस्टिवलमा कुल ९४ लाख ७२ हजार ८३२ आम्दानी , ५१ लाख २४ हजार ४९२ खर्च र ४३ लाख ४८ हजार ३४० बचत भएको जनाइएको छ । त्यसैगरि उक्त मोना फेस्टिवलको रु ७ लाख ८९ हजार रकम उठ्न बाँकी रहेको मोना जापानले जनाएको छ ।

Bhautik ministry notice about road

कार्यक्रममा कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुको साथै कार्यक्रमको समिक्षा, कार्यक्रम सफल पार्न सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन सहित आगामी कार्ययोजना समेत सार्वजनिक गरिएको छ । मोना जापानका अध्यक्ष विशाल केसीको अध्यक्षता र मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काको प्रमुख आतित्यथामा भएको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन न्यूरेको समेत सहभागीता रहेको थियो ।

Shreekrishna hardwear in news

कार्यक्रममा मोना जापानका सल्लाहकार तिलक मल्लले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो भने कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्धारा आयव्यय विवरण सार्वजनिक गरिएको थियो भने बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठले स्वागत र महासचिब सागर कार्कीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका महिला खेलाडी सस्मी पुन, मानिष तिलिजा पुन र जिल्ला स्तरीय खेलाडी डिमा पाईजा पुनलाई सम्मान पत्रले सम्मान गरिएको मोना जापानका प्रवक्ता कमल बानियाँले जानकारी दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...