रत्नेचौरको सुर्यमुखी खेतीले पर्यटकको चहलपहल बढायो

Add Samajik bikash office

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर मा गरिएको सुर्यमुखीको खेतीले पर्यटकको चहलपहल बढाएको छ ।

रत्नेचौरको फाँटमा मकै बालीसँगै लगाइएको सुर्यमुखी फुल्न थालेपछि बेनी, बागलुङ, कुश्मा र वरपरका गाउँबाट आएका मानिसहरुको चहल पहल बढेको हो ।

सुर्यमुखीको फुल अवलोकन गर्ने र तस्विर खिचाउने, भिडियो बनाउनेहरुको चहलपहल बढ्न थालेको रत्नेचौरका युवा कुशल शर्माले बताउनुभयो । बिदाको दिनमा १०० देखि २०० जना सुर्यमुखी अवलोकन गर्न आउने गरेका उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

रत्नेचौरका बालकुमार कार्की, सुरत बोगटी, यामबहादुर महत, राधिका शर्मा, गिता महत, कल्पना थापा लगायतले सुर्यमुखी खेती गर्नुभएको छ । गत वर्ष सुरत बोगटी र याम महतले रत्नेचौरमा सुर्यमुखी खेती भित्र्याउनु भएको थियो ।

पुष–माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा पनि त्यहाँ आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्छ । रत्नेचौर आउने पर्यटकहरुले मौलिक पोशाक लगाएर तस्विर भिडियो बनाउँछन् । रत्नेचौरको महिला सहकारीले पोषाक भाडामा लगाउछ । १ पटकको रु. २०० भाडा तोकिएको छ ।

Bhautik ministry notice about road

सडक कालोपत्र हुनु, सामाजिक सञ्जाल र आम सञ्चार माध्यमका कारण रत्नेचौर चर्चामा छ । समथर फाँट र बस्ति रहेको रत्नेचौरको पृष्ठभूमिमा धौलागिरि हिमाललाई अवलोकन गर्न सकिन्छ ।

कालोपत्रे सडकको दायाँ र बायाँका फाँटमा पहेँलपुर फुुलेको सुर्यमुखीकोे पृष्ठभूमिमा हिमाल हेर्न पाउनुु रत्नेचौरको विशेषता हो । सामाजिक सञ्जालमा देखेको दृष्य र तस्विरबाट लोभिएर रत्नेचौर घुम्न आउँछन् ।

बेनी र बाग्लुङ बजारदेखि १५–१५ मिनेटको सवारी यात्रापछि पुगिने रत्नेचौर घुुम्न बालबालिका, युुवा युवती देखि पाका उमेरका पनि आउँछन् । म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीका साथै मुुस्ताङ जाने र फर्कने पर्यटकहरु रत्नेचौरमा रमाउँछन् ।

पर्यटकको चहलपहलसँगै ब्यापार व्यवसायको अवसर सिर्जना भएको छ । रत्नेचौरको फेदी भुुवानेमा दुुई वटा होटल र रेष्टुुरेन्ट खुुलेका छन् । रत्नेचौर देखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएकाले रत्नेचौर घुम्नेहरुका लागि नयाँ आकर्षण थपिएको छ ।

श्रीलक्ष्मीहरि मन्दिर, लामो झोलुुङ्गे पुल, बुढोपोखरी रहेको रत्नेचौरको प्रशस्त पर्यटकीय सम्भावना रहेको स्थानीय मन्नु रावलले बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले तातो हावापानी र गर्र्मी याममा खेती गरिने सुर्यमुखीका लागि रत्नेचौर सहित म्याग्दीको बेनी नगरपालिकाको तल्लो भेगमा सम्भावना रहेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...