जापानमा चौथो बेनी कप

Add Samajik bikash office

बेनी,। बेनी फुटबल क्लवको आयोजनामा जुन एक तारिकका जापानको ओशाका शहरमा चौथो बेनी कप सम्पन्न भएको थियो ।

२५ टिमको सहभागि भएको प्रतियोगितामा आयोजक बेनी फुटबल क्लव प्रथम र मर्करी फुटबल क्लव दृतीय भए । बेनीले मर्करीलाई पेनाल्टि सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै उपाधि चुमेको हो ।

Bhautik ministry notice about road

प्रथम र दृतीयलाई जापानी ऐन ४ लाख पचास हजार, २ लाख पच्चिस हजार सहित रनिङ्ग कप, प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । मनोज बानियाको अध्यक्षता र मुख्य प्रायोजक तेज गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news

प्रतियोगितामा बिधागत पुरस्कारतर्फ मर्करी फुटबल क्लवका बिनोद सुनार उत्कृष्ट खेलाडी, बेनी फुटबल क्लवका लक्ष्मण थापा उत्कृष्ट गोलरक्षक, बेनीका अनिल मोक्तान तामाङ उत्कृष्ट डिफेण्डर बन्नुभयो ।

बेनी फुटबल क्लवकै इमान लामाले प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ताको उपाधी पाउनुभयो । बेनी फुटबल क्लवका अशोकले वेष्ट गोल्ड अफ द टुर्नामेन्ट्स र ओशाका ब्रर्दशका धिरज पुन मगरले राइजिङ प्लेयरको उपाधी पाएको क्लवका सदस्य बिमल बुढाथोकीले बताउनुभयो । युनिटी फुटबल क्लव नागोयालाई अनुशाषित टिमको उपाधी प्रदान गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...