बेनीमा गण्डकी प्रदेश स्तरीय तारो र छेलो प्रतियोगिता सम्पन्न

Add Samajik bikash office

बेनी, गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिदैं घरेलु टिम म्याग्दी च्याम्पियन भएको हो ।

शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार लिड लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ का विरुद्ध ९० अंक प्राप्त गर्दै च्याम्पियन भयो । निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङ जिल्लाले ८६ अंक बटुल्यो ।

Shreekrishna hardwear in news

च्याम्पियन भएको म्याग्दीले नगद रु ७५ हजार, कास्कीले नगद रु ५० हजार र मुस्ताङले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नुभयो । प्रतियोगितामा म्याग्दी ‘ए’का विकल जुग्जाली सर्वश्रेष्ठ धर्नुधर घोषित हुँदै नगद रु ५ हजार, विशिस्ट धर्नुधर भएका मुस्ताङका एरवेज गर्वुजाले नगद रु ३ हजार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, म्याग्दी खेलकुद विकासका अध्यक्ष दिनेश केसी, परिषदका लेखा प्रमुख निलकण्ठ ढकाललगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ६ जिल्लाका ४२ जना खेलाडीहरुको सहभागिता रहेको थियो । यसैगरी शनिबार बेनीमा भएको तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङजाका दुजिक थापा मगर च्याम्पियन हुनुभएको छ ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा सम्पन्न प्रतियोगितामा १४.३१ मिटरको दुरी फाल्दै थापा च्याम्पियन बन्नुभएको हो । यसै गरी प्रतियोगितामा पर्वतका किरण विक दोस्रो बन्नुभयो । उहाँले १४.२६ मिटरको दुरी फाल्नु भयो भने पर्वतका राजेन्द्र हमालले १३.०० मिटरको दुरी फाल्दै तेस्रो बन्नुभयो ।

च्याम्पियन भएका दुजिकले नगद रु १५ हजार, किरणले नगद रु १० हजार र राजेन्द्रले नगद रु ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पार्नुभयो । प्रतियोगितामा विभिन्न जिल्लाका १५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न मौलिक र परम्परागत खेलहरुको संरक्षण, प्रवर्द्धन र जर्गेना गर्न परिषदले विगत तीन वर्ष देखि लगातार यस प्रकारका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।

विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै बेनी नगर पालिकाका प्रमुख सुरत बहादुर केसीले समग्र म्याग्दीको खेल विकासका लागि यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै स्रोत अभावका कारण बेनी नगरपालिका भित्रका धेरै खेल पूर्वाधारहरु निर्माण कार्य अधुरो रहेको गुनासो गर्नुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...