धवलागिरीका युवाहरुले चलाए नमुना गाउँसभा

Add Samajik bikash office

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका युवाहरुले शुक्रबार नमुना गाउँसभा सञ्चालन गरेका छन् ।

धवलागिरी गाउँपालिका र राष्ट्रिय युवा परिषद्ले मुनामा सञ्चालन गरेको नमुना संसद अभ्यास कार्यक्रमका क्रममा नमुना गाउँसभा सञ्चालन गरेका हुन् ।

नमुना गाउँसभाबाट नीति तथा कार्यक्रम, राजस्व र व्ययको वार्षिक अनुमान, आर्थिक विधेयक, बिनियोजन विधेयक, स्थानीय युवा परिषद् गठन सम्बन्धी बिधेयक र धवलागिरी हिमाल विषयका जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश, छलफल र पारित गरेका छन् ।

Shreekrishna hardwear in news

७ वटा वडाका ३÷३ र ६ जना मनोनित गरि २७ जनाको सहभागिता रहेको थियो । जेठ १४ गते देखि शुरु भएको कार्यक्रमको ४ दिनसम्म शैद्धान्तिक र अन्तिम दिन व्यवहारिक अभ्यास गराइएको धवलागिरी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

युवाहरुलाई संसदीय अभ्यासको बारेमा जानकारी गराउने, क्षमता र नेतृत्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । सभामा सहभागीहरुले नमुना गाउँसभाको अध्यक्ष र उपाध्यक्ष छनौट गर्न मतदान प्रक्रीयामा भाग लिएका थिए ।

इन्कम भण्डारीले गाउँपालिका अध्यक्ष, बिपना बुढाथोकीले उपाध्यक्ष र नवराज पुनले सदस्य सचिवको को भूमिका निभाउनु भएको थियो । सभामा अध्यक्षले राखेको प्रस्तावमा गाउँसभाका सदस्यहरुले आफ्नो राय राखेका थिए ।

राष्ट्रिय युवा परिषद्का प्रकाश शर्मा र साकार कोइरालाले संसदीय प्रक्रीया, संसद सञ्चालनको बिधी, अनुसाषन, प्रस्तुति शैली लगायतका शैद्धान्तिक विषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम समापन गर्दै गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले धवलागिरी गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको नमुना युवा संसद अभ्यास प्रभावकारी बनेको बताउनुभयो ।

“राजनीतिक नेतृत्वमा जानु अघि गाउँसभामा हुने विभिन्न क्रियाकलाप र गाउँसभा सञ्चालन प्रक्रिया र विधिका बारेमा जानकार होस भन्ने तरिकाबाट सहजीकरण गरिएको थियो,” उहाँले भन्नुभयो “युवाहरुले गाउँपालिका, गाउँसभाको बारेमा बुझ्ने र जनप्रतिनिधीको भूमिकाको बारेमा जानकारी लिने मैका पाएका छन् ।”

नमुना गाउँसभाले युवाहरुलाई सामुदायिक विकासमा देखिएका समस्या समाधानका लागि नेतृत्व गर्ने सीप प्रदान गरेको छ । यसअघि म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले नमुना युवा संसदको अभ्यास गराएका थिए । धवलागिरी गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले पछाडी परेका महिला र युवामा नेतृत्व क्षमताको विकास गराउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रम पछि नवराज पुनको अध्यक्षतामा ११ सदस्यीय धवलागिरी गाउँपालिका स्तरीय युवा सञ्जाल गठन गरिएको छ । सञ्जालको उपाध्इक्षमा बिर्सना रसाइली, सचिवमा प्रतिक्षा गर्बुजा र कोषाध्यक्षमा विपना बुढाथोकी चयन हुनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...