मध्यावधीतर्फ डोहोरिदै त छैनौं ? भन्ने सिनहरु देखिन थालेको छ ः सांसद जुग्जाली

Add Samajik bikash office

पोखरा, । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले गण्डकी प्रदेशमा मध्यावधीको खतरा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रदेश सभाको विहीबार बसेको छैटौं अधिवेशनको छैटौं बैठकमा पेस भएको आगामी आर्थिक वर्ष २०८१्८२ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै नेकपा माओवादी केन्द्रका सांसद जुग्जालीले आग्रह गर्नुभयो ,‘सबै नेता साथीहरु र माननीय ज्यूहरुलाई मेरो आग्रह के छ भने, अब हामी कतै मध्यावधी निर्वाचनतर्फ डोहोरिदै त छैनौं भन्ने सिनहरुपनि देखिइरहेको छ ।’ उहाँले यसबारे गम्भीरतापूर्वक छलफल गर्नुपर्ने भन्दै दलका नेताहरुलाई यसको अगुवाई गर्न आग्रह गर्नुभयो ।

Bhautik ministry notice about road

प्रदेश सांसद जुग्जालीले कहिले को सत्तापक्ष त कहिले को प्रतिपक्ष हुने भएपनि सबैको लक्ष्य गण्डकी प्रदेशको विकास र समृद्धि भएको बताउनुभयो । माननीय ज्यूहरुको कयौं बाध्यताहरुका कारण मनले नमानी नमानी कहिले विरोध त कहिले समर्थन गर्नुपरेको होला, उहाँले भन्नुभयो ,‘तर हामी गण्डकी प्रदेशलाई समृद्ध बनाउनेतर्फ लागौं ।’

Shreekrishna hardwear in news

सांसद जुग्जालीले व्यवस्थाका कारण राजनीतिक अस्थिरता आएको भन्ने अन्य माननीयहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । राजनीतिक अस्थिरता व्यवस्थाकै समस्या भन्नेजस्ता अभिव्यक्ति आइरहेका छन्, उहाँले थप्नुभयो ,‘तर त्यस्तो होईन । व्यवस्था आफैमा सुन्दर छ । यसलाई कसरी व्यवहारिक कार्यान्वयनको कुरा हो । कहिले माननीय सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुनुभयो होला तर कहिले माननीय खगराज अधिकारी मुख्यमन्त्री हुनुभयो होला । तर जो भएपनि जनताको छोरा भएका छन् । यो नै यसको सुन्दरता हो ।’

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...