ध्रुब जिसीको ‘गल्बन्धी बैना’को म्युजिक भिडियो सार्वजनिक

Add Samajik bikash office

बेनी, १७ जेठ । म्याग्दीका कलाकार धु्रब जिसीको गल्बन्दी बैना गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोक तथा दोहोरीगित प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका कलाकार जिसी र एलिना चौहानको स्वर रहेको गितको शब्द नकुल ढकालको हो । बिजय पुन र उषा उप्रेतीको आकर्षक नृत्य रहेको म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको छ ।
दुर्गा पौडेलले छायांकन गर्नुभएको गितको म्युजिक भिडियोको सम्पादन नविन घर्तिमगरले गर्नुभएको हो । नकुल नविन धु्रब जिसी नामको युट्युब च्यानलमा गित सार्वजनिक गरिएको छ ।
२ दिनको अवधीमा ७७ हजार पटक हेरिएको गितको शब्द, लय, संगित र म्युजिक भिडियोले सकारात्मक प्रतिक्रिया पाएको छ ।

Bhautik ministry notice about road

https://www.youtube.com/watch?v=YapgFVio6yU

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...