पात्लेखेतमा मादल बजाउने तालिम शुरु

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नं १० मा एक हप्ते मादल बजाउने सिप तालिम शुरु भएको छ । आइतबार देखि शुरु भएको तालिमको वडा नं १० का सदस्य निर्मला मल्लले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मल्लले अहिले महिलाहरुलाई गाउँ घरमा भजन किर्तन लगायत अन्य मनोरन्जनात्मक कार्यक्रम र अवसरमा मादल बजाउन जान्ने महिलाको अभाव भएको हुँदा यो तालिमले महत्वुर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै वडा सचिव रमेश जि सी.ले तालिमको सहि सदुपयोग हुनेकुरामा आफु बिश्वस्त रहेको र यस्ता खालका प्रभावकारी काममा वडाले बजेट उपयोग गर्दै आएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तालिमका प्रशिक्षक कृष्ण जिसीले पछिल्लो समय सांस्कृतिक बाजा मादल सिक्न चाहने धेरै रहेको र यसले सिपको हस्तान्तरण हुदै जाने र हाम्रो समाजको मौलिक बाजा मादल संरक्षण हुदै जाने विश्वास ब्यक्त गर्नुभयो ।

पात्लेखेत सामुदायिक सिकाइ केन्द्रको आयोजनामा र बेनी नगरपालिकाको सहयोगमा संचालन भएको तालिममा वडा नं १० का आयआर्जन महिला समुह र आमा समुहका २८ जना महिला सहभागी रहेका छन् । तालिम जेठ १९ गते सम्म संचालन हुनेछ ।

सात दिन सम्म संचालन हुने तालिमको उद्घाटन कार्यक्रम सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष निर्मला बरुवालको अध्यक्षता वडा नं १० का सदस्य निर्मला मल्लको प्रमुख आतिथ्यता, गोमा के.सी.को स्वागत र सामुदायिक सिकाइ केन्द्रका परिचालक गीता रकाल (मल्ल)को संचालनमा सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...