जोमसोम–कागबेनी सडक कालोपत्र शुरु

Gandaki Ghumau

जोमसोम, ः मुुस्ताङको सदरमुकाम जोमसोम देखि धार्मिक पर्यटकीय स्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।

१३ किलोमिटर दुुरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न वि.स. २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पन्नीका रौताहका आयोजना व्यवस्थापक सञ्जय भट्टले एक्लेभट्टी क्षेत्रमा २ किलोमिटर सडकमा कालोपत्र गर्न प्राइम कोट राखेको जानकारी दिनुभयो । “२ किलोमिटरमा प्राइपकोट राखिसकेका छौ,” उहाँले भन्नुभयो “पिप्स, बिटुमीन आयात र उपकरण व्यवस्थापन गरेका छौ । सबबेस र बेस राख्ने काम सकिएको छ । चालु आर्थिक वर्षभित्रनै जोमसोम देखि कागबेनी खण्डमा कालोपत्र सक्ने तयारी गरेका छौ ।”

Shreekrishna

१८ महिनाको ठेक्का अवधिको भएको ठेकेदारलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुुई वर्षपछि ठेकेदारले गत भदौ देखि काम थालेका थिए ।

Gunasthariya Shiksya

आयोजना प्रमुख धुु्रबकुमार झाका अनुसार यसअघिनै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्यावीयन पर्खाल गर्ने, माटो कटिङ, फिलिङ, नाली निर्माण, चौडा र कालोपत्र गर्न ठेक्का लगाइएको थियो ।

मुख्य जिम्मेवारी लिएको आत्रेयले अलपत्र बनाएको योजना साझेदार मध्यको रौताह निर्माण कम्पनीले पूर्णता दिन लागेको हो । यो सडक कालोपत्र भएमा मुुस्ताङका बासिन्दाका साथै कागबेनी, मुक्तिनाथ तिर्थयात्रामा आउने भक्तजन र पर्यटकहरुलाई सहज हुने वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ गुुरुङले बताउनुुभयो ।

जोमसोम देखि चिनको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको ११० किलोमिटर दुुरीको सडक मध्य ६ वटा प्याकेजको ७५ किलोमिटर दुुरीको सडक विस्तार र ग्राभेल गर्ने काम सकिएको छ ।

२५ किलोमिटर दुुरीको चराङ–छोसेर खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । यो खण्ड स्तरोन्नति सकिएपछि कागबेनी देखि कोरला नाका जोड्ने सबै खण्डको सडक गाभ्रेल हुने योजना प्रमुख झाले बताउनुुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...