म्याग्दीमा यस बर्ष साढे १३ हजार मेट्रिक्टन भन्दा बढी धान फल्यो

Gandaki Pardesh notice

म्याग्दी ः म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पर्याप्त बर्षाका कारण सिचाई सुबिधा भएको, समयमै रोपाई भएको र खेतीको क्षेत्रफल बिस्तारसँगै उत्पादन बढेको कार्यालयका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो ।

गत वर्ष तीन हजार ९०१ हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ३६० मेट्रिक्टन धान उत्पादन भएको थियो । यस वर्ष तीन हजार ९२५ हेक्टरमा धान खेती भएको छ । १३ हजार ६२६ मेट्रिक्टन उत्पादन हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

Shreekrishna hardwear in news

पहिरो, बाढी र कटानले क्षति गरेकाले धान उत्पादन अपेक्षाकृत हुन नसकेको उहाँको भनाई छ । प्राकृतिक प्रकोपका कारण तीन प्रतिशत उत्पादन प्रभावित भएको अनुमान छ । यस वर्ष बैशाख–जेठ महिनादेखिनै बर्षा भएकाले कृषकले समयमै धान रोपाइ गर्न पाएका थिए ।

Bhautik ministry notice about road

लकडाउनमा फुर्सदीला भएका कृषकहरुले बाँझो खेतमा झाडी फाडेर रोपाई गरेकाले क्षेत्रफल बढेको हो । नियमित बर्षा भएकाले सिचाई सहज भएको थियो । रोगकिराको समस्या नदेखिएको र भित्र्याउदाको समय पनि अनुकुल भएको छ ।

विगतका वर्षमा मजदुरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो । अध्ययन, रोजगारी र ब्यापार ब्यवसायका लागि सहरी क्षेत्रमा गएका हरु लकडाउनपछि गाउँ फर्किएकाले खेतीबाली लगाउन र भित्र्याउन सजिलो भएको कृषकले बताएका छन् ।

८० प्रतिशत कृषकले धान भित्र्याइसकेका छन् । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

सलह, फौजिकिरा, हावाहुरी र बाढी पहिरोका कारण मकै उत्पादन भने प्रभावित भएको छ । गत वर्षको तुलनामा १६० मेट्रिक्टन मकै उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दीमा ६ हजार ७३३ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ ।

गत वर्ष तीस हजार २६० मेट्रिक्टन मकै उत्पादन भएकोमा यसपालि तीस हजार मेट्रिक्टन मात्र उत्पादन भएको छ । फौजी र सलह किराको प्रकोपका कारण मकै उत्पादन घटेको हो । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो । अर्को खाद्यबाली कोदो भित्र्याउन भने सुरु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...