खानीगाउँमा खानेपानी आयोजना निर्माण

Add Samajik bikash office

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–१ मा खानीगाउँमा “एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको रु. ३० लाख ५१ हजार ७१ को लागतमा निर्माण भएको आयोजनाबाट ३२ घरधुरी लाभान्वित भएका छन् ।

नेवाका प्राविधिक गोर्खबहादुर शाहीले स्थानीय विद्यालयमा थप १ वटा सहित ३३ वटा धारा निर्माण गरिएको जानकारी दिनुभयो । यसअघि ४÷५ वटा घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो ।

Shreekrishna hardwear in news

वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको समस्या भएपछि नयाँ खानेपानी आयोजना निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र भण्डारी (राजाराम)ले बताउनुभयो । मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सिमित स्रोतले पनि सबैले सहज रुपमा खानेपानी उपभोग गर्न पाएका उहाँले बताउनुभयो ।

Bhautik ministry notice about road

आयोजना निर्माणका लागि नेवा संस्थाको रु. १४ लाख ३७ हजार ३७, मंगला गाउँपालिकाको रु. ६ हजार ६९ हजार ६९८ र उपभोक्ताको रु. ८ लाख ३५ हजार ७७९ बराबरको श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । उपभोक्ताहरुले श्रमदानका अलावा थप रु. १ लाख ८ हजार ५५७ नगद संकलन गरिएको थियो ।

घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्कि चाङ बनाइएको छ । घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्जट र सास्ती हटेको उपभोक्ता समितिका अध्यक्ष भण्डारीले बताउनुभयो । खानेपानीका साथै नुहाउन, कपडा धुन, गाइबस्तुलाई खुवाउन र सरसफाईका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको छ ।

नेवा संस्थाको सहयोगमा मंगला गाउँपालिकाको ¥यालेखोर – भाईवाङमा खानेपानी आयोजना निर्माण सकिएको र हिदीमा निर्माणाधिन रहेको गाउँपालिकाको नेवाको खानेपानी आयोजनाको सम्पर्क व्यक्ति रहेका प्राविधिक बिपिन आचार्यले बताउनुभयो ।

रु. ९२ लाख २४ हजार ९८७ को लागतमा निर्माण भएको ¥यालेखोर – भाईवाङ खानेपानी आयोजनाबाट १०० घरधुरी लाभान्वित भएका छन् । हिदीका ६४ घरमा निजी धारा सहितको खानेपानी वितरण गरिने प्राबिधिक आचार्यले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...