राहुघाटमा सवस्टेशन निर्माण शुरु

Add Samajik bikash office

सन्तोष गौतम
बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा सवस्टेशन निर्माणको काम शुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ विम देखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

जनप्रतिनिधि र सरोकारवालाहरुको दवाव तथा आयोजनाको ताकेतापछि ठेकेदार कम्पनीले सम्झौता भएको २७ महिनापछि राहुघाटमा सवस्टेशन निर्माणको काम थालेको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“धेरै प्रयासपछि ठेकेदारले राहुघाट सव स्टेशन निर्माणको काम थालेका छन्,” उहाँले भन्नुभयो “हाल दैनिक १५० जना मजदुर परिचालन गरेका छन् ।” २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा भौतिक पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम थालिएको छ ।

सवस्टेशनका उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने काम भैरहेको छ । पानी व्यवस्थापन गर्न पक्कि नाला निर्माणलाई तिब्रता दिइएको छ । अम्बाङमा सव स्टेशन बनाउन ५ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । सब स्टेशनमा निर्माणमा भएको ढिलाईका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजना अन्यौलमा परेका थिए ।

ढिलै भएपनि सवस्टेशन निर्माण शुरु भएकामा जलविद्युत आयोजनाका प्रर्वद्धक आशावादी बनेका छन् । ३० महिना ठेक्का अवधी भएको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ५० प्रतिशत रहेको आयोजना प्रमुख अग्रवालले बताउनुभयो ।

Bhautik ministry notice about road

म्याग्दी र राहुघाट नदीमा निर्माणाधिन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन बनाउन लागिएको हो ।

१३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने डाडाखेत सवस्टेशनको सिभिल तर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । डाडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो । दुवै ठाउँका सवस्टेशनमा जडान गर्ने उपकरण आयात भइसकेको ठेकेदार कम्पनी एलएनटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताउनुभयो ।

२५ किलोमिटर दुरिको १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ७९ वटा टावर मध्य हालसम्म ३५ वटा निर्माण सकिएको र १५ वटा निर्माणाधिन रहेका उहाँले बताउनुभयो । रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माण हुनेछन् ।

भूमिगत पानी र पहिरोको समस्या रहेको राहुघाटमा सवस्टेशनको डिजाइनमा समस्या भएकाले निर्माणमा ढिलाई भएको शर्माको भनाई छ । सहायक ठेकेदार डिएल स्ट्रक्चरले राहुघाट सवस्टेशन निर्माणको काम गर्न थालेको हो । डिएल नेपाली ठेकेदार कम्पनी हो । १५ महिनाभित्र आयोजना सम्पन्न गरिने शर्माले बताउनुभयो ।

दुबै ठाउँमा यसअघिनै जग्गा ब्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवन समेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् ।

राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठुलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माणाधिन छन् । ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठुलोखोला र १५ मेगावाटको माथिल्लो ठुलोखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...