मदन–आश्रित दिवसमा कालीपुलमा सरसफाई

Gandaki Ghumau

बेनी, । नेकपा एमाले म्याग्दीले बिहिबार कालीपुल बसपार्क क्षेत्रमा सरसफाई गरेका छन् ।

जननेता मदन भण्डारी र जिवराज आश्रितको ३१ औ स्मृति दिवसको अवसरमा बसपार्क क्षेत्रमा सरसफाई गरिएको हो । पर्वत हुदै म्याग्दी भित्र्ने प्रमुख नाकामा रहेको कालीपुल बसपार्क क्षेत्रको फोहोर संकलन र व्यवस्थापन गरिएको थियो ।

Gunasthariya Shiksya

नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, पुर्व मन्त्री तथा केन्द्रिय सदस्य नरदेवी पुन, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, सचिव थमसरा पुन, बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायत नेता कार्यकर्ताहरुको सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो ।

Shreekrishna

प्रवेशद्धार क्षेत्रको फोहोरले म्याग्दी भित्र्ने पाहुनाहरुमा नकारात्मक सन्देश प्रवाह भइरहेकाले यसप्रति सम्बद्ध पक्षलाई ध्यानाकर्षण पनि गराएको बताउनुभयो । नेकपा –एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा निधन भएको थियो ।

भण्डारी र आश्रितको मृत्युलाई रहस्यमण रुपमा हेरिएको छ । अझै दुर्घटनाको विषयमा सत्य तत्थ्य सार्वजनिक भएको छैन् । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज)लाई एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...