प्रवासी म्याग्देली चेलीको समूहद्धारा बालगृहलाई न्यानो कपडा उपहार

Sinchai Khanipani notice

बेनी । नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहलाई शुक्रबार न्यानो कपडा सहयोग प्राप्त भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लियामा आवद्ध महिलाहरुको समूह उइ क्यान केयर एण्ड लभ समुहले बलाङ्केट सहयोग गरेको हो । १३ जना बालबालिकाहरुका लागि प्राप्त भएको बलाङ्केट संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

सन्दिप खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा हालै नेपाल सरकारद्धारा बाल संगठन म्याग्दीको सभापतिमा मनोनित हुनुभएका शाक्यले यसअघिको कार्यसमितिले हरहिसाब बरबुझारथ गर्न आनाकानी गरेका गुनासो गर्नुभयो ।

Shreekrishna hardwear in news

अध्यक्ष शाक्यले बाल संगठनको भौतिक संरचनालाई ब्यवस्थित गर्ने, बालमन्दिर आधारभूत बिद्यालयमा कक्षा १२ सम्मको पठनपाठन सञ्चालन गर्ने र संस्थामा काम गर्ने कर्मचारीहरुलाई श्रम ऐनले निर्धारण गरे अनुसारको तलब सुबिधा दिइने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...