अन्नपूर्णका अभिभावकलाई पोषिलो खाजा बनाउने तालिम

Gandaki Ghumau

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अभिभावकहरुलाई स्थानीय स्तरमा उपलब्ध खाद्यान्नको प्रयोग गरि पोषिलो खाजा बनाउने तालिम प्रदान गरेको छ ।

जंक फुड (प्याकेटमा बन्द गरिएका तयारी खाजा) का कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि अभिभावकलाई रैथाने खाद्यान्नबाट खाजा बनाउन तालिम दिएको हो ।

दिवाखाजामा पत्रुखानालाई रोक्न जैविक (अर्गानिक) र स्थानीयस्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

चाउचाउ र बिस्कुटजस्ता पत्रुखाना दिवा खाजाका रुपमा प्रयोग गर्ने पूर्णरुपमा रोक लगाउँदै पोषणयुक्त खाजालाई मात्रै विद्यालयमा प्रयोग गर्नेगरी गाउँपालिकाले पहिलो चरणमा चार वडामा शिक्षक र अभिभावकको उपस्थितिमा तालिम दिइरहेको हो । गाउँपालिकाले वडा नं १ दोवा, वडा नं २ भुरुङ तातोपानी, वडा नं ३ दाना र वडा नं ६ घारमा तालिम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख दिवा तिलिजा पुनले जानकारी दिनुभयो ।

“पोषणयुक्त खाजा बनाउन सिकाइएको छ, अब अर्गानिक बाहेकको खाजालाई प्रयोग गर्न नदिने गरी अभिभावकलाई नै तालिममा सहभागी गराइएको हो”, उपाध्यक्ष पुनले भन्नुभयो “तालिममार्फत अभिभावकलाई पोसिलो रैथाने वस्तु उत्पादन गर्न प्रोत्साहन गरिएको हो ।”

तालिमको सहजकर्ता बालकुमारी पुन र भगवती खड्काले बालबालिकाबाट पोषणयुक्त खानाको महत्वका बारेमा अभिभावकलाई जानकारी दिँदै गाउँघरमा पाइने पोसिलो खानेकुरा र रैथाने वस्तुको तयारी गर्ने प्रयोगात्मक अभ्यास गरिएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले विद्यालयमा पूर्णरुपमा पत्रुखाना निषेध गर्नेगरी सबै वडामा तालिमसहित नियमित अनुगमन गरिने बताउनुभयो।बालविकासदेखि कक्षा ५ सम्मका हरेक विद्यार्थीका लागि दैनिक रु. २० दिवाखाजाका लागि सरकारले उपलब्ध गराउने भए पनि गाउँपालिकाको कार्यपालिकाबाट ६ कक्षाका विद्यार्थीलाई खाजाका लागि बजेट विनियोजन गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...